विश्वकप छनोटः आज राति ९ खेल,राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दै

Avatar photo
Dhadingpost
सोमवार, भदौ २०, २०७३

धादिङ भदौ २०
1473078436khel-final-final

सन् २०१८ को विश्वकप छनोट फुटबलअन्तर्गत् सोमबार राति ९ खेल हुँदैछन् ।नेपाली समयअनुसार राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दैछ । बाँकी सबै खेल राति साढे १२ बजे हुनेछन् ।

इटालीले इजरेलसँग, स्पेनले लिचेस्टेनसँग, सर्वियाले आयरल्यान्डसँग तथा वेल्सले मोल्डोभासँग खेल्दैछ ।त्यस्तै, क्रोएसियाले टर्कीसँग, युक्रेनले आइसल्यान्डसँग तथा अल्बानियाले मेसेडोनियासँग खेल्नेछ ।

यसअघि, आइतबार रातिका खेलमा विजयी हुँदै जर्मनी र इंग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।जर्मनीले नर्वेलाई ३–० ले तथा इंग्ल्यान्डले स्लोभाकियालाई १–० ले हरायो ।