आइसीसीले सल्लाहकार समूह बनाउने

Avatar photo
Dhadingpost
आइतवार, भदौ १९, २०७३
धादिङ भदौ १९
timthumb
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाइएको अवस्थामा आफ्नो मातहतमा सल्लाहकार समूह बनाउने घोषणा गरेको छ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आइतबार अपराह्न काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो मातहतमा सल्लाहकार समूह बनाउने तथा त्यो समूहमा सरकारी प्रतिनिधि र क्रिकेट सम्बद्ध व्यक्तिहरु रहने बताए। उनले नेपाल सरकारले नाम उपलब्ध गराएपछि दुई साताभित्र सल्लाहकार समूह घोषणा गर्ने बताए।
उनका अनुसार सल्लाहकार समूहको मुख्य काम क्यानको विधान पुनरावलोकन गरेर आइसीसीलाई सुझाव दिइने छ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत रिचर्डसनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार बिहान भएको भेटवार्ता निकै उत्साहजनक र रचनात्मक भएकाले आफूहरू सल्लाहकार समूह बनाउने निर्णयमा पुगेको बताए। उनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिँदै क्यानमाथिको प्रतिबन्ध हट्न समय लाग्ने भएपनि क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन नेपाललाई पूरै सहयोग गर्ने बताए।