अमृत तामाङ,
धादिङबेसी भाद्र १५ । आगामी कार्तिक २३ गते देखि मंसिर ३ गते सम्म हुने मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिन धादिङमा खेलाडी छनौट गरिने भएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङले मध्यमाञ्चल प्रतियोगिताको लागि धादिङबाट विभिन्न १२ विधाका खेलमा प्रतिसपर्धा गराउने तयारी अनुसार खेलाडी छनौट गर्न लागेको हो ।
जिल्लाभर छरिएर रहेका खेलाडीहरुले आफ्नो विधाको खेलमा श्रावण २५ गते देखि भाद्र २० गते सम्म छनौट प्रतियोगितामा भाग लिन निवेदन दिई सक्नु पर्ने जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव गणेशलाल श्रेष्ठले बताउनु भयो ।
सार्वजनिक सुचना जारी गरि सकिएको छ, १२ वटै विधाका खेलहरुमा धादिङ जिल्लाबाट मध्यमाञ्चल क्षेत्रिय प्रतियोगिता खेलाडी पठाईने समेत श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
१२ विधाका खेलहरु कुन कुन हुन् ? कति खेलाडी छनौट हुन्छन् ?
जिल्लाबाट छनौट भएका खेलाडीहरुले कार्तिक २३ गते देखि हुने मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिता भाग लिन पाउने र त्यहाँबाट पनि छनौट हुन सक्ने खलाडीलाई मंसिर ८ गते दखि १५ गते सम्म हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता भाग लिन पठाईने छ ।