धादिङ भदौ १४
२० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ ।
रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ ।
संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छन्।
धनमानयालेजस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएकी खबर आजको अन्नपूर्णमा छापिएको छ।
यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ ।
जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आहृवान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरु, तीन हजार रुपैयामा । उक्त विज्ञापनमा पुरुषहरुको आवेदन परेन।
सँगै विद्यालयमा काम गर्नै शिक्षकले चौमासिक रुपमा एक लाख भन्दा बढी रकम लिने गरेको तर बालशिक्षिकाले भने चौमासिक १२ हजार रुपैयाँ लिनुपर्दा मन खल्लो हुने श्री आधारभूत विद्यालय पिडडाँडा चैनपुर ५ मा अध्यापनरत बालशिक्षिका रोजिना भण्डारी बताउँछिन्।