धादिङ भदौ ११
नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन्। यो खबर आजको अन्नपूर्ण दैनिकमा छापिएको छ।
चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेकाे छ।
‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ। खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन,’ उनले भने, कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ ।’ ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ ।
घटनास्थल पत्ता लगाउन र उद्धारको लागि धेरै समय लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताए।