नेपालले नेदरल्याण्ड्सलाई दियो २१८ रनको लक्ष्य

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३

साउन ३१

nepali-cri.-team

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे ।

खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए ।उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।