एपिएफलाई पराजित, पुलिस क्लब फाईनलमा

Avatar photo
Dhadingpost
आइतवार, साउन ३०, २०७३

धादिङ साउन ३०

images

खेलको दोश्रो मिनटमै दिनेश राजबंशीको एक मात्र गोलले पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पाखा लगाउँदै आईतबार चौथो नेपाल कप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।खेलको सुरुवातमै एक गोलले पछि परेको अवस्थाबाट फर्किन प्रयासमा रहेको एपिएफका आदित्य चौधरीले खेलको १३ औं मिनटमा हानेको फ्रि किक गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

यस्तै १६ औं मिनटमा प्रहरीका रवी पासवानले हानेको बललाई गोल रक्षक अमृत चौधरीले बचाउ गरेका थिए ।चितवनको क्याम्पाचौरमा भएको प्रतिस्पर्धामा दोश्रो हाफको १२ औं मिनट एपिएफका रञ्जन बिष्टले गरेको हेड गोल पोस्ट नजिकबाट बाहिरिएको थियो । खेललाई बराबरीमा ल्याउन प्रयासरत रहेको एपिएफका लागि खेलको दोश्रो हाफको १८ औं मिनटमा अञ्जन बिष्टले पोस्ट नजिकबाट गरेको प्रहार बाहिरिएको थियो ।खेलको दोश्रो हाफको ४३ औं मिनटमा अञ्जन बिष्टले दुई पहेलो कार्ड पाएपछि रेफ्रि सुरज मानन्धरले रातो कार्ड दिएका थिए । त्यसपछि खेलको पुरै समय कतैबाट पनि गोल हुन नसकेपछि राजबंशीको गोल नै निर्णायक भयो ।