काता / कुमिते रेफ्री & कोच सेमिनार भाद्र दोस्रो साता हुने 

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २५, २०७३

अमृत तामाङ
धादिङ ।  बिश्व कराते महासंघ WKF ले लागु गरेको नीति नियम अनुसार आगामी भाद्र ७,८,९ र १० गते काता, कुमिते र प्रशिक्षक लाइसन्स सम्बन्धि प्रशिक्षण / तालिम  हुने भएको छ ।

काठमाडौँमा एशियन कराते महासंघ AKF रेफ्री कमिटीका सचिव तथा WKF रेफ्री Michael Huang ले काता, कुमिते र प्रशिक्षक लाइसन्स सम्बन्धि प्रशिक्षण / तालिम उक्त मितिमा हुने भएको हो ।

नेपाल कराते महासंघले आयोजना गर्ने सो सेमिनारमा सफलता प्राप्त गर्नु हुने १५ जना रेफ्री र ५ जना प्रशिक्षकले यही २०१६ सेप्टेम्बरमा भारतको दिल्लीमा हुने साउथ एशियन कराते महासंघ SAKF ले आयोजना गरेको एके एफ जज -बि (AKF,J-B) सेमिनारमा र प्रशिक्षक लाइसन्सको लागि नेपालको प्रतिनिधित्व गराईने बालाजु डोजोका प्रमुख प्रशिक्षक ध्रुव विक्रम मल्लले बताउनु भयो ।

छनोटबाट इन्डोनेसियामा २०१६ नोभेम्बर २१ देखि २८ सम्म हुने रेफ्री अपग्रेट र काता सेमिनार एबम एशियन कराते प्रतियोगितामा सहभागी जनाउनु हुने छ l सेमिनारमा सहभागी जनाउनु हुने रेफ्री तथा प्रशिक्षकले निम्न व्यक्तिहरुलाई फोन,ईमेल वा फेसबुक मार्फत सम्पर्क गर्ने सकिने समेत मल्लले जानकारी दिनु भयो ।

समय मिति – २०७३ साउन २६ गते बाट भाद्र २ गते बेलुका ६ बजे सम्म

१) नेपाल कराते महासंघ रेफ्री कमिटीका अध्यक्ष – प्रकाश मोहन धौबडेल Email: prakashhotelheritage@gmail.com Facebook : Prakas Dhaubhadel फोन न – 9851026228 २) नेपाल कराते महासंघ रेफ्री कमिटीका सचिव -बि आर मित्र Email : nepalpower2008@gmail.com Facebook : B r B.r. Mitra फोन न – 9851069838

कार्यक्रम तालिका: (१) २०७३ भाद्र ६ गते फारम भरि दर्ता शुल्क बुझाउने । (२) नागरिकता र तेर्सो डान, सटीफिकेटको सक्कल सहित फोटो कपि साथ पासपोट साईजको फोटो ४ कपि हुनु पर्ने छ । (३) कुमितेको लागि २५ बर्ष काता वा प्रशिक्षकको लागि ३३ बर्ष कटेको हुनु पर्ने छ । (४) स्थान : बालाजु कराते-डो प्रतिष्ठान,

नेपाल समय : बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म २०७१ भाद्र ७ गते रेफ्री Theory & Practical Traning बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म ।

स्थान : बालाजु कराते-डो प्रतिष्ठान, नेपालको प्रशिक्षण हल २०७३ भाद्र ८ गते बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म रेफ्री Practical Class & kata Class काताको लागि कराते ड्रेसमा हुनु पर्ने छ।

२०७३ भाद्र ९ र १० को सेमिनार AKF रेफ्री कमिटीका सचिव तथा WKF रेफ्री Michael Huang बाट हुने छ ।