गौरिका ३१औं स्थानमा, अन्तिम १६ मा परिनन्

Avatar photo
Dhadingpost
साउन २४, २०७३
धादिङ साउन २४
timthumb
रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरेकी थिइन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकिन्। ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
हिट्समा उनले सामाओकी इभिलिनालाई ० दशमलव २९ सेकेन्डले पछि पारेकी थिइन्। इभिलिनाले १ मिनेट ०८ दशमलव ७४ सकेन्डमा दुरी पुरा गरेकी थिइन्। पहिलो पल्ट ओलम्पिक खेलिरहेको कोसोभोकी २० वर्षीय जेकिरीले १ मिनेट १२ दशमलव ३१ सेकेन्डमा दुरी पुरा गरेकी थिइन्। यस्तै, गौरिकाभन्दा पछाडि रहेकी केन्याकी तालिसा लानोइ १ मिनेट १० दशमलव ०२ सेकेन्डमा पुरा गरेकी थिइन्।
हिट्समा गौरिका समावेश हिट्स नम्बर १ र श्रीलंकाकी किमिको रहिम समावेश हिट्स नम्बर २ बाट कुनै खेलाडी छनोट हुन सकेनन्।