नेपालबाट १० जना प्याराग्लाइडिङको प्रि-वर्ल्डकपमा सहभागी हुने

Avatar photo
Dhadingpost
आइतवार, साउन २३, २०७३

धादिङ साउन २३
timthumb
इण्डोनेसियामा आगामी साउन २९ देखि भदौ ४ गतेसम्म सञ्चालन हुने प्याराग्लाईडीङको प्रि-वर्ल्ड कपमा १० जना नेपाली प्याराग्लाइडिङ पाइलटहरु सहभागी हुने भएका छन् ।
नेपाली टिमको नेतृत्व पाइलट रबिन गुरुङले गरेका छन भने नेपाली टिमलाई प्रशिक्षण अजयकुमार शर्माले गर्दैछन्। शर्मा खुल्ला प्याराग्लाईडीङ प्रतियोगिताका पूर्वबिजेता हुन्। भारतमा मात्र उनी सात पटक च्याम्पियन बनिसकेका छन्।
इण्डोनेसियाको सुलाओसी भन्ने ठाउँमा प्याराग्लाइडिङको पि.डब्लु.सी.सिगी २०१६ प्रि वल्र्ड कपमा सहभागी हुन नेपाली पहिलो प्याराग्लाइडिङ पाइलट राजेश वम्जन, सन २०१३ र ०१४ का नेपाल च्याम्पियन रबिन गुरुङ, २०१५ नेपाल च्याम्पियन विमल अधिकारी, सन २०१६ का नेपाल च्याम्पियन विशाल थापासहितको टोली सोमबार पोखराबाट इण्डोनेसिया प्रस्थान गर्ने भएको हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोबित बानियाँले बताए।
उक्त प्रतियोगितामा सहभागी हुन सुशील गुरुङ, सुबिन राना मगर, युकेस गुरुङ, देशवीर जिम्मी प्रतिष्पर्धाको लागि सहभागी हुँदैछन्। एक महिला खेलाडी कृशु पौडेल फन्नी फ्लाइमा सहभागी हुँदैछन्।नेपाली धेरै खेलाडीहरुको टोलीसहित प्रि-वर्ल्डकपमा पहिलो पटक सहभागिता जनाउने भएकोले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने भएको रबिन गुरुङले दाबी गरे।

खेलाडीको दर्ता शुल्कवापत प्रति खेलाडी १ सय ५० युरो नाले तिर्ने भएको हो।