तिम्ले भुल्यौ मैले भुलेँ भन्ने नसम्झनु

Avatar photo
Dhadingpost
साउन २३, २०७३

मुल्य बुझेँ पाउनु अघि त्यो गुमाए पछि
यो मनमा केही आउन्न उनी आए पछि

खुल्ला छैन सयरमा चरीलाई गगन पनि
हेर्नु उड्नु अघि पखेटा फिँजाए पछि

हुँदैनथ्यो अैले अन्धकारको जीवन
खोजेँ किरण मेघले रवि लुकाए पछि

निष्ठुरीले दुखीलाइ सहजै बिर्सिदिई
जब कुनै अर्कै सुखीलाई पाए पछि

तिम्ले भुल्यौ मैले भुलेँ भन्ने नसम्झनु
सम्झन्छु घाम गएपछि जुन उदाए पछि

खोज्नै छाडिसकेँ तिमी खुल्ला नभ भित्र
झुल्केको त्यो शशि माथि बादल छाए पछि

– निर्मल पुरी ‘भोगि’