नेपाली क्रिकेट टोली शनिवार नेदरल्यान्ड्स प्रस्थान

Avatar photo
Dhadingpost
शनिबार, साउन २२, २०७३

धादिङ साउन २२
1470402315bidai-final-final

यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार नेदरल्यान्ड्स पस्थान गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेदरल्यान्ड्स जाने नेपाली टोलीलाई बिदाइ गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली क्रिकेटले नयाँ पहिचान बनाएको भन्दै दुबै खेल जितेर आउन खेलाडीहरुलाई शुभकामना दिए ।

उनले नेपाल क्रिकेट संघ ९क्यान०को विवादबारेमा टिम खेलेर फर्किएपछि पुनः छलफलका लागि बोलाउने बताएका छन् ।क्यान निलम्बित भएका अवस्थामा मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि बेंकटापति राजु सम्मिलित छनोट समितिले गत बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियोे ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा हालै इंग्ल्यान्ड भ्रमणमा अभ्यास खेलेर फर्केका १४ खेलाडी परेका छन् ।इंग्ल्याण्ड भ्रमणको टोलीमा रहेका सुवास खकुरेलको ठाउँमा भने सुनील धमलाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले अंकको खाता खोलेको छ ।त्यसअघिका दुबै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो ।

नेपालले नेदरल्यान्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ । ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल ४ अंकसहित छैटौं स्थानमा छ ।