नेपाली क्रिकेट टोली सोमबार बिहान इङ्ग्ल्यान्ड प्रस्थान गर्दैछ। इङ्ल्यान्ड यात्रा गर्ने टोलीमा १५ खेलाडी र तीन पदाधिकारी छन्। जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत इङ्ग्ल्यान्ड उड्नेछन्।
त्यसैगरी प्रशिक्षक टमाटा, टेक्निकल एनालाइसिष्ट रमण सिवाकोटी र फिजियो दिनेश भट्ट पनि टोलीसँगै हुनेछन्।उनीहरुलाई आज यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले बिदाई गरे।
मेरिलेबोन क्रिकेट क्लब एमसिसीसँग लर्ढस मैदानमा जुलाई १९ मा खेल्नेछ । क्रिकेटको जन्मभूमि मानिने बेलायतको लर्डस क्रिकेट मैदानमा खेल्नु हरेक खेलाडीको सपना हुने गर्छ ।