युरोकपमा आज राति जर्मनी र आयोजक फ्रान्स भिडदै

Avatar photo
Dhadingpost
बिहिबार, असार २३, २०७३

धादिङ असार २३
2387990_w1

युरो कप फुटबलको सेमिफाइनलमा बिहीबार राति फ्रान्स र जर्मनीबिच प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली फ्रान्सले क्वाटरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराएको थियो । विश्व विजेता जर्मनी भने इटालीलाई टाइब्रेकरमा ६–५ ले हराएर सेमिफाइनलमा पुग्न सफल भएको हो ।
फ्रान्स र जर्मनीबिच अहिलेसम्म समग्रमा २७ पटक खेल भएको छ ।त्यसमा फ्रान्सले १२ तथा जर्मनीले ९ खेल जितेका छन् । तर मुख्य प्रतिस्पर्धाको अन्तिम चरणमा भने दुई देशबिच चार पटक भेट भएकोमा जर्मनी दुई तथा फ्रान्स एक पटक विजयी भएको छ ।35E567C200000578-3671854-image-a-5_1467502716146

जर्मनीका प्रशिक्षक जोचिम लो ले आफ्ना खेलाडीमा आफू विश्वस्त रहेको बताएका छन् । यस्तै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्ना सबै मेहनत लगाएर खेल जित्ने बताएका छन् ।
एउटा खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१४ को विश्व कप क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० गोल अन्तरले रहाएको थियो । फ्रान्सले सन् १९५८ पछि जर्मनीलाई मुख्य प्रतिस्पर्धामा हराउन सकेको छैन ।
सन् १९८२ र १९८६ को विश्वकपको सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई हराएको थियो । फ्रान्स पछिल्ला ९ खेलमा र जर्मनी पछिल्ला ६ खेलमा अपराजित छन् ।