मेसीले सन्यास फिर्ता लिने

Avatar photo
Dhadingpost
बुधबार, असार २२, २०७३

धादिङ असार २२
1467603877messi1
अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् । आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाइ चरणका खेलमा उनी अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन् ।

कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरुका लागि खुसीको खबर आएको छ ।
1467092805messi

अर्जेन्टिनी टिमकै पूर्व सदस्यलाई उद्धृत गर्दै सो अखबारले मेसी पुनः राष्ट्रिय टिममा फर्कने दाबी गरेको हो ।
आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने उनी नखेल्ने जनाइएको छ । तर नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा आफ्नो कला देखाउने सो अखबारको दाबी छ ।
मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना, मेसीका सहकर्मीहरु लगायत लाखौं शुभचिन्तकले आग्रह गर्दै आएका छन् । (एजेन्सी)