युरोकपको सेमिफाइनल समिकरण पुरा, अब कस्को भेट कोसँग

Avatar photo
Dhadingpost
सोमवार, असार २०, २०७३

धादिङ असार २०2387534_w1

युरो कप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार राति फ्रान्सले आइसल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।
अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनी पुगेका छन् । पोल्याण्डलाई हराएको पोर्चुगलले सेमिफाइनलमा बेल्जियमलाई हराएर आएको वेल्ससँग खेल्नेछ ।
यस्तै फ्रान्सले इटालीलाई हराएको विश्व विजेता जर्मनीसँग खेल्नेछ । सेमिफाइनलका खेल आउँदो बिहीबारदेखि सुरु हुनेछ । बिहीबार पोर्चुगल र वेल्स तथा शुक्रबार फ्रान्स र जर्मनी खेल्ने छन् ।

कस्को भेछ कोसँग
पहिलो सेमिफाइनल:पोर्चुगल VS वेल्स (जुलाई ७ राति पौने एक बजे)
दोस्रो सेमिफाइनल:जर्मनी VS फ्रान्स ( जुलाई ८ राति पौने एक बजे)