जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेका थिए भने ईटालीका लियानार्दो बोनुर्चीले पेनाल्टी मार्फत खेललाई बराबरी बनाएका थिए ।
त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।पहिलो पाँच प्रहारमा दुई दुई गोल गरेका दुवै टिमले दोस्रो पटकको पेनाल्टी सुटआउटको चौथो बलमा ईटालीका माटियो डार्मीयानले बललाई जाली चुमाउन नसकेपछि जर्मनीले जीत हात पारेको हो ।
अब सेमिफाइनलमा जर्मनीले फ्रान्स र आइसल्याण्डबीच भएको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्र्नेछ ।