युरोकप :आज पोर्चुगल र पोल्याण्ड भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

धादिङ असार १६1467125865khel-final

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेल आजबाट सुरु हुँदैछन् ।

आज राति नेपाली समय अनुसार पौने १ बजे सुरु हुने पहिलो क्वाटरफाईनलमा पोर्चुगल र पोल्याण्ड भिड्नेछन् ।

प्रि क्वाटरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै पोर्चुगल क्वाटरफाईनलमा पुगेको थियो । उता पोल्याण्डले भने राउण्ड अफ सिक्सटिनको खेलमा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा पराजित गरेको थियो ।

युरोकप फुटबलको दोस्रो क्वाटरफाइनलमा शुक्रबार बेल्जियम र वेल्स भिड्नेछन् । यसैगरी शनिबार राती ईटालीले जर्मनीसँग खेल्दा आईतबार हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्सले आईसल्याण्डको सामना गर्नेछ ।