कृषि र पर्यटनलाई सँगसँगै जोड्ने उद्देश्यले हामीले सन् २०१२ देखि रोपाइँँ महोत्सव गर्दै आइरहेका छौँ । यसभन्दा अघिदेखि नै पोखरामा पनि यस्तो महोत्सव हुँदै आएका छन् । हामीले काठमाडौं उपत्यकावरिपरि लक्षित गरी महोत्सव गर्ने गरेका छौँ । यो वर्ष नुवाकोटको टुप्चे भन्ने स्थानमा रोपाइँँ महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषक, विदेशी पर्यटक, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुनेछन् । नेपालको कृषि उत्पादन प्रणालीले पर्यटकलाई आकर्षित गर्छ । यो परम्परागत तरिकाले मानवीय जनशक्तिमा आधारित कृषिको उत्पादन प्रणाली उनीहरूलाई अनौठो लाग्छ । नेपालकै सहरीया युवाहरूको जमातलाई पनि कृषिसम्बन्धी केही जानकारी हुँदैन । रोपाइँ मेलाले त्यस्तो जानकारी दिने अवसर प्रदान गर्छ ।
रोपाइँँ महोत्सवमा के हुन्छ ?
रोपाइँ महोत्सवमा सबैभन्दा पहिला घरमूली किसानले भकारी बाँध्ने चलन छ । रोपाइँ गर्ने भूमिपूजा सम्पन्न भएपछि सोही स्थानको हिलो माटो टीका लगाएर रोपाइँ सुरु गर्ने नेपाली परम्परा पनि हो । भकारी बाँध्ने क्रममा एक मुठा बिउ राखेर त्यसको वरिपरि रोपाइँ गरिन्छ । त्यसपछि असारे गीत गाउँदै रोपाहारहरूले हिलो छ्याप्दै रोपाइँ सुरु गर्छन् । सोहीक्रममा हिलो छ्यापाछ्याप गरी रमाइलो गरिन्छ । रोपाइँपछिको थकान तथा भोक मेटाउन दही–चिउरा खाने प्रचलन छ
जुजु धौ ?
नेवारी भाषमा जुजु भनेको राजा हो भने धौ भनेको दही हो । मल्लकालीन समयदेखि नै राजाले सेवन गर्ने विशेष दही भएकाले विशेष दहीको नाम जुजु धौ राखिएको हो । यो दही अन्यभन्दा विशेष तरिका अवलम्बन गरी बनाइएको हुन्छ । मल्लकालीन पुरातात्विक महत्त्वका वस्तु काठमाडौं र ललितपुरको तुलनामा भक्तपुरले जोगाएर राखेको छ । आफ्नो कला संस्कृतिसँगै जोगाएर राखेको खाद्यवस्तु जुजु धौ पनि एक
एक किसिमले असार १५ सम्म खेतीको काम करिब–करिब सकिने अवस्थामा पुगेको मानिन्छ । रोपाइँमा निरन्तर खेतीपातीको काम गर्दा महत्त्वपूर्ण खाद्यान्न दही–चिउरा पर्छ । त्यसो त दही–चिउरा हरेक दिन खाइएकै हुन्छ । असार १५ मा दही–चिउरा खाने चलन धेरै पुरानो हो । परम्परागत रूपमा चल्दै आएको संस्कृतिलाई हामीले निरन्तरता दिँदै आएका हौँ । मध्यान्हमा दही सेवन गर्नु स्वास्थ्यबद्र्धक पनि हुन्छ । गर्मी तथा थकानले प्यास लागिरहेको शरीरमा दहीले शीतलता प्रदान गर्छ । त्यस्तै, चिउरामा रहेको पोषक तत्त्वले शरीरलाई थप शक्ति प्रदान गर्छ । भातजस्तो चिउरा चाँडै पच्दैन । यसले शरीरलाई धेरै समयसम्म शक्ति प्रदान गर्छ । चिउरा सबै जातजाति तथा संस्कृतिले पनि स्वीकार गर्ने भएकाले दही–चिउरा सजिलो परिकार पनि हो । रोपाइँको समयमा किसानहरू व्यस्त हुँदा खाना पकाउने कार्यमा समय व्यतित गर्नुभन्दा दही–चिउरा धेरै सजिलो र पोषक खाद्य हुन्छ ।