स्वीकार्लान् मेसीले राष्ट्रपतिको आग्रह ?

Avatar photo
Dhadingpost
मङ्लबार, असार १४, २०७३

धादिङ असार १४1467092805messi

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्तब्भ भएका विश्वका करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा छन् ।

मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाका सर्वकालिन महान् फुटबलर डियागो म्याराडोनाले प्रतिक्रिया जनाउँदै मेसीले आगामी विश्वकपमा खेल्नुपर्ने बताएका छन् ।

यसैगरी अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले पनि मेसीलाई फोन गरेरै सन्यासको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
messi1

राष्ट्रपति माउयरिरियो र मेसीलाई बारम्बार प्रेरणा दिदैं आएका म्याराडोनाको यस्तो आग्रहपछि मेसीले आफ्नो निर्णय पुनर्विचार गर्लान् त भन्नेमा विश्वभर कौतुहलता व्याप्त छ । कोपा अमेरिका प्रतियोगिता सकेर अमेरिकाबाट अर्जेन्टिना आइपुगेका मेसीले ताजा प्रतिक्रिया जनाएका छैनन् ।

अर्जेन्टिनी टोली स्वदेश फर्कदा हजारौं शुभचिन्तक विमानस्थलदेखि नै लामबद्ध भएर सडकभरी स्वागत गरिरहेका थिए । उनीहरुले मेसीलाई सन्यास नलिन आग्रह गर्दै ब्यानरसमेत प्रदर्शन गरेका थिए । यस क्रममा कयौंका आँखा रसाएका थिए । तर मेसीको झलक भने उनीहरुले देख्न पाएनन् ।
अर्जेन्टिनी संचारमाध्यमका अनुसार मेसीले सन्यासको घोषणा गरेपछि देशका फुटबल प्रशंसकहरु निराश भएका छन् । उनलाई देशब्यापी रुपमा सन्यास फिर्ता लिन दबाब दिन थालिएको छ ।

ट्वीटरमा ‘डन्ट लिभ लियो’ ह्यासट्यागमार्फत उनलाई विश्वव्यापी रुपमा सन्यास फिर्ता लिन आग्रह गरिएको छ । तर मेसीले कहिले यसबारे जवाफ दिने हुन् भन्ने व्यग्र प्रतिक्षाको विषय बनिरहेको छ ।