असार १२ धादिङ
अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि (सोमबार ) अर्जेन्टिना र चिली भिडदै छन ।
नेपाली समय अनुसार बिहान पौने ६ बजे शुरु हुने खेलमा दुबैले आफूले उपाधि जित्ने बताएका छन । गएको बर्षको उपाधि उचालेको चिली सोहि नतिजालाई निरन्तरता दिने दाउमा छ भने १४ पटक उपाधि उचालि सकेको अर्जेन्टिना पनि उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रने भएको छ । खेलको सम्पूर्ण जानकारीको लागि धादिङ पोष्ट भिजिट गर्दै गर्नुहोला ।