प्रिय निष्ठुरी …….माया गुरुङ
मार्पाक धादिङ
कुन सब्दले सम्बोधन गरु जब मेरो समिप थियेउ प्राण पिर्ये भन्थे अब त अरुकोंई भएको छौ मात्रै निस्ठुरी भन्छु रिसले होइन मायाले झर्को न मान ल? यो पत्र पढ्दा पढ्दै बिचैमा छोड्ने कोसिस नगर्नु ल माया किन कि यही पत्र बाट तिम्रो र मेरो अन्तिम दिन अन्तिम भेट हुदै छ ।
समय खै कता जादै छ तर म भने आफै लाई पाको बनाउदै गएको छु कुनै कुनै कुरा हरु याद गर्दा झसंग हुन्छु अनी फेरी आफुलाई त्यो क्षण बाट टाढा लैजाने पर्यास गर्छु फेरी पनी मन नैत हो उतै धकालेर पिडा दिन्छ | बिगतको ति सुनौलो समय अनी हाम्रो मायाको सम्बोधन गर्ने तरिका पनि क्या अजिब थियो हगी ? कहिले काले,काली,कहिले बादर बदार्नी. कहिले पग्ला,पग्ली,अचम्म लाग्छ त्यो दिन हरु लाई सम्झना गर्दा सबैले भन्थे धेरै माया पनि न गर्नु आफ्नो हुदैन भनेर हो रहेछ के थाहा समय आफै माथी उल्टो भैदिन्छ भनेर बल्ल थाहा पाए अचानोको पीर आफैले भोगेर हुनत सबै कुरा मनले चाहेको पनि त हुदैन फेरी पनी कोसिस गर्दा गर्दै न मिल्नु भनेको जिन्दगीको सबै भन्दा दुखद घडी हुदो रहेछ जे होस् तेती हार पनि मानेको छुइन | मात्रै अतितले अलि कम्जोर बनाएको छ|
मेरो येथा इस्थिती येस्तै गुज्रेको छ तिम्रो सुखद जिन्दगीको सुखद पल हरुको कामना गर्दै | एकान्तमा बस्दै तिम्रो मुहारलाई एउटा खुशीको मध्येम बनाएको छु”तिमि साथ् न भएर के भयो त तिम्रो हरेक गती बिधीले मेरो साथ छोडेको छैन तिम्रो सम्झना हरु ताजै रहि रहने छन ।
मुस्कुराउने बानीले मलाई कहिलेता सच्चाई एकान्तमा पनी हसाई दिन्छ| अनी त्यो थियो नि झुक्याउने बानी के कहिले काही म आफै पनि झुक्कीन्छु र पनि झस्किन्छु । र तिमीले भनेको कुरा ले सताउछ ओय कालु मलाई फुपुको छोराले माग्न आएको छ म हजुर बिना बाँच्न सक्दिन । त्यो मेरो लागि कुकुर हो यस्तै यस्तै भन्ने गर्थेउ मलाई पनि अंगाल्न सकिनौ र तिम्रो फुपुको छोरालाई पनि कुकुर भनेउ आखिर किन माया ? तिमी B ED पढ्दै गरेको र स्कुलमा पनि पढाउदै गरेको मान्छे ले माया को परिभाषा बुझेनौ चोखो माया लाई लत्त्यायौ ठिकै छ माया खुसी हुनु तिमी ।
तिमीले भन्छौ भने र दिन्छौ भने बिष पिउन तयार छु बिष पिउन । साएद म पनि कस्तो मान्छे एक्लै पागल जस्तो बस येस्तै येस्तै सोच्दै अनी रमाउदै हास्दै रुदै दिन हरु कटाई रहेको छु नजिक हुदा तेस्तो फोन गर्ने अनी भेट्ने हामि आज मेरो फोनको रिंग पानि बज्नै छोडेको छ फोनको ध्यान पनि जादैन कहिले काही समय हेर्न मात्रै फोन खोज्छु धेरै भो फोनमा कालु भनेको पनि सुन्न न पाएको आजकल मत जिन्दगी लाई कथा बेथा को संगम मान्दै भौतारीदै छु|
;;;;;;;
सानु मलाइ
तिम्रो माया न भएको होइन धेरै थियो अझै पनी माया गर्छु तर के गर्नु येस्तई रहेछ विधिको खेल आज यता र उता बनायो हामी दुई लाई | म पनी छक्क पर्छु अनी सुन्येतामा हराउछु आज एक्लै यात्रा गर्न बाध्य छु के गर्नु त हगी येस्तई रहेछ जिन्दगी खाना खादा पनी मुखमा न जादै रोकिन्छु| तिमीले सधै खाना समएमा खाने बानी गर्नु भन्थेउ अनी खाना खानु भयो त ?भनेर सोध्थ्यो अनी म पनी सकारात्मक हुदै खाए पिर्ये अनी तिमीले ? येस्तई येस्तई मिठो थियो हगी हाम्रो माया |
सपना थियो त?मलाई अहिले सपना जस्तै लाग्छ आज एक्कासी म बाट टाढा भएर अरुकै साथमा रमाउदा पागल जस्तै पनी भए तर के गर्नु सोचे जिन्दगी लामो छहार मान्नु हुदैन भनेर गंतब्ये तिर एक्लै लाग्दै छु | जहा तिम्रो बाटो को चौतारीमा सुस्केरा मार्दै थकाईको भारि बिसाउदै जादा धेरै यात्री भेटे सबैले तिम्रै माया लाई मात्रै झस्काए|सुनेको छु तिमी एकान्त मैले जति बेला फोन गर्दा पनि रोइ रहेकी हुन्थ्यो तिमीले नै मलाई अस्वीकार गरे पछि किन रुन्छौ तिमी त खुसी हुनु पर्ने हो नि किन रुने गार्छौ किन रुन्छौ ? तिमीलाई रोएको सुहाउदैन नी मैले भनेको बिर्सेयु तिम्रो सुन्दर अनुहार म न डुबाउ गजल बगे दिन्छ ।
अनी न राम्री हुन्छु भनेको थिए अनी तिमी भन्थेउ म तपाइको साथ पाउदा किन रुनु ? म सधै हासिरहन्छु भंथ्येउ तर आजकल किन रुदै छौ | धोका मैले होइन तिमीले दिएको हो फेरी तिमी आफ्नै जिन्दगी देखि किन रुन्छौ ? न रुनु ल म दुखमा घेरिए पनी तिम्रो खुशिको कमाना गरी रहन्छु |तिमी हजारौ जुनी बच्चु भने म पटक पटक मारी रहन्छु सधै खुशी अनी सुखी जिन्दगीको कामना गरी रहन्छु ल त
आजलाई एतीनै उही तिम्रो हुन् न सकेको s ।