धादिङबेसी जेष्ठ ९ । महान सहिद कृष्ण सेन ईच्छुकको १४ औं स्मृति दिवस यहि जेठ १३ गते क्रान्तिकारी पत्रकार संघ धादिङ र जन सास्कृतिक महासंघ धादिङको संयुक्त आयोजनामा मनाईने भएको छ ।
क्रान्तिकारी पत्रकार संघ केन्द्रिय समितिले क्रान्तिकारी पत्रकार महासंघ सँग मिले र संयुक्त रुपमा मनाउन सर्कुलर गरे पनि धादिङमा महासंघ नभएकोले जनसास्कृतिक महासंघ सँग मिलेर मनाउन लागिएको बताईएको छ ।
ज्यद्वारा हत्या गरिएका अग्रज पत्रकार कृष्णसेन ईच्छुकको १४ औं स्मृति दिवस अवसरमा यी दुई संगठनले धादिङबेसी स्थित नेकपा माओवादी केन्द्र को हलमा कार्यक्रम गर्ने क्रान्तिकारी पत्रकार संघ धादिङका अध्यक्ष नारायण सिलवालले बताउनु भयो ।
जनताका अधिकारका लागि फलामै गोली भन्दा धारिलो कविता लेख्ने इच्छुकले सृजना गर्नु भएको कविता जो अहिलो धारिलो बनि रहेको छ ।
ए ! सानासाना नानी, ए ! प्रिय भाइबहिनीहरू
मिरमिरेपछिका ए ! सुनौला विहानीहरू
नरोउ तिमी मुस्कुराउँदै उठ
नरोउ तिमी जुर्मुराउँदै उठ
पीडाका आरनहरूमा पाइन चढेर
तिमी तेजिलो धार बन्दै उठ
दुःखका आगो ओकल्ने भट्टीहरूमा
तिमी इस्पाती तरबार बन्दै उठ
उठ गरिबीका विरुद्ध लड्ने योद्धा बनेर उठ
उठ विषमताको विरुद्ध लड्ने मोर्चा कसेर उठ
हुर्क तिमी यिनै अभावहरूमा हुर्क
हुर्क तिमी यिनै दबाबहरूमा हुर्क
शिरमाथि सिङ्गो आकाश उचाल्न सक्ने तिमीहरू, बच्चाहरू
बाहुलीमा सम्पूर्ण संसार थाम्न सक्ने तिमीहरू, बच्चाहरू
(झुल्केघामका राता किरणहरू – पृष्ठ ४३/४४)
शोषित पीडित गरिब नेपालीका छोराछोरीहरू ठूलाठालू साहुसामन्तको घरमा, जिम्दार र मुखियाका घरमा नोकर चाकर बस्नुपर्ने, हलीगोठालो हुनुपर्ने, कमलर, बर्दियान र भैंसबार भएर आफ्नो आयुरेखा फटाउनुपर्ने कठोर बास्तविकतालाई कवितामार्फत उजागार गर्दै युगयुगदेखि लाँदिदै आएको उत्पीडनको जुवा फ्याँक्न उद्घोष गर्नुभएको छ । नानीहरू औंसी होइनन् यिनीहरू पूर्णेका जूनहरू हुन्, झुल्के घामका लालकिरणहरू हुन्, यिनीहरू भाेिलको राष्ट्रबगैँचामा ढकमक्क फुलेर सौरभ फिजाँउने कोपिलाहरू हुन् । यिनीहरू अब कसैको खेतखलिहानमा, गोठ र भकारोमा सीमति भएर रहनु हुन्न । परिवर्तनको निम्ति उठ्नु पर्छ, उत्पीडनको अध्याँरो युगलाई नामेट गर्नुपर्छ । पींडाका आरनमा पाइन बनेर चढ्नुपर्छ । दुःखका आगो ओकल्ने भट्टीमा इस्पात बन्नु पर्छ र विभेद, विषमताको बर्गयुद्धमा निर्मम भएर लड्नु पर्छ भन्ने भाव अभिव्यक्त भएको छ ।
सम्पन्नता र विपन्नताको अतिशय ठूलो खाडल खनेर उभिएको देशको राजधानी काठमाण्डौं प्रति कविको तीव्र आक्रोश छ । ठूलाठूला गगनचुम्वी महलहरू, कालाचिल्ला सडकहरू, सुख, शान्ति र ऐश्वर्यका बजार, होटल, पशलहरू थापेर पनि त्यत्तिकै गरिबी, अभाव, वेथतिि, विसंगति विपन्नता बढाइरहेको छ काठमाण्डौैं । मुठीभर हुने खोको निम्ति यो ठाउँ स्वर्ग भएपनि लाखौं लाख नेपालीको लागि नर्कतुल्य छ, अभाव र समस्याले थिलथिलो बनाएको छ । यहाँ असल मान्छे कम, पापी, अपराधी, दुराचारी र षडयन्त्रकारीहरू वढिरहेकाछन् भन्ने यथार्थलाई यसरी प्रस्तुत गर्नुभएको छ –
यो राजधानी, जहाँ ठूलाठूला साहुजीहरू छन्
बडेबडे लालाजीहरू छन्, दिनरात गुप्त मन्त्रणामा ब्यस्त
सफेदपोस बाबुजीहरू छन्, प्रत्येक दिन साँझ विहान यहाँ
सिंगो नेपालको मोलतोल हुन्छ, राष्ट्रघाती गद्दारहरूका मुखमा
जहाँ केवल नेपाली खोल हुन्छ, विदेशका महङ्गा दामहरूमा
स्वदेशको सस्तो गरिबी बेच्न, प्रत्येक दिन साँझविहान जहाँ
राष्ट्रको स्वाभिमान लिलाम हुन्छ, काठमाण्डौंं मेरो देशको आँखाँको नानी
यस्तो लाग्छ, यो कुनै दृष्टिभ्रमहरूको नगर हो
जहाँ अभाव भन्नु पनि छैन,दवाव भन्नु पनि छैन
(काठमाण्डौं मेरो देशको राजधानी – पृष्ठ ४९)
बाहिर आडम्वर र पाखण्डको लेपन लाएपनि भति्रभति्रै खोक्रिँदै गएको काठमाण्डौं कसरी जनघात र राष्ट्रघात गरिरहेछ भन्ने यथार्थलाई सटिक ढंगले प्रहार गर्नुभएको छ । साथै दुष्ट राजधानीको विरुद्ध गाउँ(मोफसल) राँको बालेर उठिरहेको यथार्थतर्फ पनि संकेत गर्नुभएको छ ।
मान्छे अन्याय, अत्याचार र शोषणको सिकन्जामा जेलिएको छ भने बाहिरै रहेर पनि उसको जीवन जेल जस्तो हुन्छ । पर्खाल र पहराबाहिर भएपनि ऊ बाँधिएको हुन्छ, थुनिएको हुन्छ । पराधिनता स्वयं एक खतरनाक जेल हो, जहाँ सपना देख्न प्रतिवन्ध लाइएको हुन्छ । भयग्रस्त जीवनमा कानूनका दफाले उसलाई बाँधिरहेको हुन्छ । विवशताको जीवन बतिाउनुपर्छ । बेलाकुलबेला गस्ती आएको हुन्छ । कारणअकारण स्वतन्त्र जीवन बाँच्ने हकमाथि साइरन बजाइएको हुन्छ । यस्तो सङ्गीन यथार्थलाई यसरीप्रकट गर्नुहुन्छ –
जहाँ जीवन बन्धनहरूभति्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकाँक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ ।
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिवन्ध हुन्छ
बन्दुकको पहरा होस् । अथवा त्यो कानूनको घेरा होस्
के फरक पर्यो र ?
मति्र भयभति परिवेशमा
त्रासति जिन्दगी जहाँ बाँच्नु परेपनि त्यो जेल हुन्छ ।
(जेल पृष्ठ – ५५)
सामन्ती पतिृसत्तात्मक पुरुष अहंकारवाद डसेको समाजमा नारीको स्थान कति तल छ ? अँझ भाउजूहरूमाथि कत्ति ठूलो उत्पीडन लादिएको छ । भाउजूहरूको भागमा सधै्र्रं ताडना, विपत्ति, काम, अपहेलना, घृणा, तिरस्कार पर्नाले उनीहरूको जीवन स्वयम्मा एक नर्कशाला बनेको हुन्छ । दाजुहरूका हैकम, निरंकुशता र दम्भले भाउजूहरू निरीह, निरुपाय र निचेष्ट जीवन बतिाएका हुन्छन् । यस्तो कहाली लाग्दो अवस्थालाई मुटुछुने भाषामा यसरी प्रष्ट पार्नुहुन्छ –
सत्ते भाउजू
दाजु तपाईलाई चरणकी दासी ठान्छन्
तपाँई उनलाई शिरको स्वामी मान्नुहुन्छ
दाजु तपाईलाई विलासकी पुतली ठान्छन्
तपाईं उनलाई जीवनको साथी मान्नुहुन्छ
दाजु तपाईलाई प्रताडनाकी भागी ठान्छन्
तपाँई उनलाई बन्दनाको अधिकारी मान्नुहुन्छ
र सधैं पुज्य र आराध्यदेव सम्झेर स्वस्तिबाचन गर्दै
उनकै गोडाको जल खानुहुन्छ ।
(भाउजू – पृष्ठ –५९)
अहिले विश्वभरि युद्धको ताण्डवनृत्य कसले प्रदर्शन गरिरहेछ । हिंसाको खेती कसले गरिरहेछ । निर्दोष, निरपराधी अकिञ्चन लाटासुधा जनतामाथि गोली र बुट कसले बर्साइरहेछ । त्यो कुरा घाम जस्तै प्रष्ट छ, देशी तथा विदेशी प्रतिक्रियावादी लुटेराहरूले अहिले युद्धको खेती गरिरहेका छन् । बस्तीबस्तीमा जनतालाई सखाप पार्न आगो झोसिरहेका छन् । यिनीहरू विभिन्न बाहानामा न्यायको आन्दोलनलाई निस्तेज पार्न अनि जनतालाई अग्रगामी रुपान्तरणको लागि एकजुट हुन नदिन आतंकका नयाँनयाँ जालहरू बुनिरहेका छन् । जाति र सम्प्रदायको नाममा, रङ्ग र बर्णको नाममा, धर्म र अन्य बाहनामा फुट पार्ने, विभाजनको रेखा कोर्ने काम गरिरहेछन् । कवि युद्ध पिपासु साम्राज्यवादीहरूलाई स्पष्ट भाषामा आफ्नो सफाई दिनुहुन्छ –
म त किसान हुँ, हलो जोत्छु
कहाँ जोतें मैले खेतबारीहरूमा हलोको सट्टा बन्दुक
म त किसान हुँ, बाली रोप्छु
कहाँ रोपें मैले यस धरतीमा बालीको सट्टा बन्दुक
म त किसान हुँ, अन्न फलाउँछु
कहाँ फलाएँ मैले बस्तीहरूमा अन्नको सट्टा बन्दुक ?
म त मजदुर हुँ, पसिना बगाउँछु
मेरै पसिनाको जोडबलले
फलामपनि गलाएर इस्पात बनाउँछु
किन चाहियो मलाई
मेरै पसिनाका आर्जनहरूको सट्टा बन्दुक
(तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध, पृष्ट –८०)
देशमा वर्गीय उत्पीडनमात्र होइन, जातीय, क्षेत्रिय, लिङ्गीय भेदभावले गर्दा यहाँका जनताहरू विभिन्न प्रकारका विभेदको शिकार बन्नुपर्यो । जातीय छुवाछुतको नाममा हज्जारौं वर्षदेखि मनु वादी शासकहरूले एकथरि मानिसहरूलाई दलति उत्पीडितको विल्ला झुण्डयाएर शोषणदोहोन गर्दै आएकाछन् । दलतिहरूको श्रम चल्ने, सीप चल्ने तर पानी नचल्ने खालका कुसंस्कारहरू सृजना गरिएको छ । दलति जातिमाथिको यो उत्पीडनलाई सिम्ठारो धानको प्रतीकबाट यति सूक्ष्मढंगले सामन्तबादलाई प्रहार गर्नुभएको छ । त्यसको साक्ष्य यी पंक्तिहरू हुन् –
म रक्तवर्णको, अश्वेत जाति, गोराहरू राज गर्छन्
दास ठानेर ममाथि, म दीन, हीन, मलिन र उदास, सिम्ठारो धान
म सधैं आकाशे पानीको भरमा, रुखो खेतमा
उपेक्षाले फालिन्छु, विना मल, तैपनि उम्रन्छु, बढ्छु
हुर्कन्छु, फल्छु, कष्टकर जीवनपथमा, अथक र अविचल
म खस्रो र जर्रो, कुरुप र वेस्वाद, सिम्ठारो धान
विलासी महलहरूका, चौरासी ब्यञ्जनहरूमा, म कहिल्यै परिनँ
कुलिन जीव्राहरूका, राजसी परिकारहरूभति्र, म कहिल्यै परिन
कसले खिच्यो यो, रङ्गभेदको कालोरेखा
म जन्मजात नै, बर्णभेदको सिकार, सिम्ठारो धान
धान भएर पनि, सधैं अपहेलति म, हिन्दू भएर पनि
मानैं अछुत जात हुँ, धर्म लेख्ने, अधर्मी हातहरू बताऊ
तिम्रो विभेदको कर्मशास्त्रमा, कुन निच कुलको, म कुजात हुँ ?
(सिम्ठारो धान पृष्ठ – ९५ – ९६)
विश्वब्यापी रुपमा रहेको वर्णभेद, रङ्गभेद र जातिभेद प्रथालाई मर्म ताकेर प्रहार गरिएको यो कविता सरल र सुबोध भाषामा लेखिएको एक उत्कृष्ट कविता हो ।
बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गते भारतको देहरादुनमा जन्मनुभएका कृष्ण सेन इच्छुकु सानैदेखि अन्याय र अत्याचारका विरुद्ध खरोरूपमा बोल्ने व्यक्तित्व हुनुहुन्थ्यो । यमबहादुर सेनका तीन छोरामध्ये कृष्ण सेन पहिलो सन्तान हुनुहुन्थ्यो ।
एसएलसी पास गरिसकेपछि पारिवारिक समस्याका कारण सेनले नेपाल९भारत सिमानामा पर्ने दाङको कोइलाबासमा रहेको साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेडमा २०३१ देखि २०३६ सालसम्म ९६ बर्ष जागिर खानुभयो । जागिरसँगै उहाँले भारतको बनासरबाट आई।ए। पास गर्नुभयो ।
राजनीतिको सुरुवात
२०३६ सालमा कोइलाबासको जागिर छाडेर उहाँ दाङको महेन्द्र बहुमुखी क्यामपसमा बीएमा पढ्न थाल्नुभयो । देशमा पञ्चायती व्यवस्था हुँदाको अवस्थामा उहाँ चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा सेनको प्रतिभाबाट निरङ्कुश पञ्चायती व्यवस्थाका शासकहरू उग्रपञ्चुहरू आकृष्ट भए र उहाँलाई सुरक्षा कानुन अनुसार ०३८ बाट ०४४ बर्ष सम्म घोराही र तुल्सीपुरको जेलमा राखे ।
पत्रकारीतामामा
६ बर्षो जेल बसाइबाट छुटेपछि सेन काठमाडौँ आउनुभयो । काठमाडाँमा उहाँले २०५१ सालमा कर्ीर्तिपुर विश्वविद्यालयमा एम।एड।मा भर्ना हुनुभयो । उहाँ २०४५ सालबाटै योजना साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभयो । उहाँले राजनीति र साहित्यतर्फकलम चलाइसक्नुभएकाले योजनामा सजिलैसँग प्रवेश पाउनुभयो । त्यसअघि दाङको जेलबाट छुटिसकेपछि उहाँले उतैबाट केही समय ध्वनि साहित्यिक पत्रिकाको प्रकाशन सुरु गर्नुभएको थियो ।
योजना साप्ताहिकमा काम गर्दैगर्दा सेनले कलम त्रैमासिक साहित्यिक पत्रिका प्रकाशित गर्न थाल्नुभयो । त्यसलगत्तै उहाँ जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गर्न थाल्नुभयो । जनादेश साप्ताहिकमा काम गर्दै जाँदा ०५२ साल फागुनबाट देशमा माओवादीले सशस्त्र जनयुद्धको थालनी गरे । उहाँ जनताको वास्तविक मुद्दा माओवादीले मात्र उठाउनसक्छ भन्ने ध्येयले माओवादी नजिक रहनुभयो ।
जनयुद्ध सुरु भएपछि पहिलोपटक २०५३ साल पुस १९ गते रामेछाप जिल्लाको बेथान प्रहरी चौकी कब्जा गरेको निरन्तरतास्वरूप ०५५ साल पुस २९ गते ललितपुरको भट्टेडाँडामा माओवादीले आक्रमण गरी इलाका प्रहरी चौकी कब्जा गरे । पुस २१ गतेको जनादेश साप्ताहिकमा फोटो सहित भट्टेडाँडामा माओवादीको साहसिक आक्रमणू भन्ने शर्ीषकको ब्यानर समाचार छापियो । सोही दिन कार्यालयमा प्रहरीले छापा मार्योम । त्यस बेला प्रहरीले सेनलाई पक्राउ गर्न सकेन ।
पत्रिकाका सल्लाहकार शक्ति लम्साल, व्यवस्थापन सहयोगी धनबहादुर मगरलगायतका १३ जना जनादेशसम्बन्ध पत्रकारहरूलाई सुरक्षाकर्मीले पक्राउ गर्योम । प्रहरीले सेनलाई खोजिनिती गर्न थालेपछि उहाँ ०५५ साल पुसदेखि बैशाखसम्म अर्धभूमिगत रहनुभयो । पत्रिका भूमिगतरूपमा निरन्तर चलिरहेको थियो ।
त्यसपछि ०५६ साल जेठ ६ गते सोमबार सुन्धाराको एक होटलमा खाना खान गएको बेला सेनलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ गरेपछि उहाँलाई पहिले काठमाडौँको हनुमानढोका लगियो । हनुमानढोकाबाट केन्द्रीय कारागार चलान गरियो । त्यसपछि जनकपुर जिल्ला कारागारबाट सिराहा कारागार लगियो । त्यतिबेलासम्म अदालतले चारपटक रिहा गर्ने आदेश दिए पनि सुरक्षाकर्मीले विभिन्न प्रहरी चौकी र सेनाको ब्यारेकमा राखिरहृयो । पत्रकारहरूको देशव्यापी पर््रदर्शनका कारण सरकारले जलेश्वर कारागारबाट ०५७ चैतको अन्तिमतिर उहाँलाई रिहा गर्योि ।
जेलबाट छुटेर आइसकेपछि उहाँले जनदिशा दैनिक पत्रिका प्रकाशन सुरु गर्नुभयो । उहाँ छुट्दा सरकार र माओवादीबीच शान्तिवार्ता चलिरहेको थियो । वार्ता भङ्ग भएपछि जनदिशा दैनिक पत्रिका बन्द भयो । उहाँले जनदिशालाई जेठको पहिलो हप्तासम्म निरन्तरता दिनुभयो ।
त्यसपछि जेठ ६ गते नयाँ बानेश्वरको वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट उहाँको घरधनीलाई समातेको र घरधनीमार्फ सेनसहित भरत सिग्देल, सङ्गीता खड्का, शिव तिवारी, प्रभात चलाउनेलाई पक्राउ गरेको थियो । सेनलाई पक्राउ गरेको सात दिनपछि अर्थात जेठ १३ गते काठमाडौँको महेन्द्र पुलिस क्लबभित्र रहेको भिआइपी कक्षमा यातना दिई हत्या गरिएको थियो । यस दिनलाई हरेक वर्ष क्रान्तिकारी पत्रकार संघले विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गर्दै आई रहेको छ ।