धोनीको ३ छक्का र १ चौकाले विजयी बनायो

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ९, २०७३

एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शनिबार भएको दोस्रो खेलमा राइजिङ पुणे सुपरजाइन्ट्सले किङ्स इलेभेन पंजावलाई ४ विकेटले हराएको छ ।

अन्तिम ओभर मात्र बाँकी छँदा पुणेलाई जितका लागि २३ रनको आवश्यक थियो । कप्तान महेन्द्र सिंह धोनीले विष्फोटक ब्याटिङ गर्दै ३ छक्का र १ चौकाको मदतमा पुणे विजयी भयो ।

यो जित सँगैपुणेआड नम्बरमा उक्लिएको छ । पुणेका लागि धोनीले नटआउट ६४ रन बनाए भने उस्मान खवाजाले ३० रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । उसका मुरली विजयले ५९ तथा गुरकिरत सिंहले ५१ रन बनाए ।