निर्देश अर्याल,
धादिङ तसर्पु बैशाख ५ । तसर्पु गाउँ विकास समिति धादिङको गाविस स्तरीय सामाजिक सञ्जालको गठन गरिएको छ ।
गाविस स्तरीय सहकारीको स्थापना गरी अघि बढ्ने मुख्य उद्धेश्यका सञ्जालको गठन गरिएको हो ।
तसर्पु गाविसमा रहेको २० वटा सामुदायिक संघ संस्थाहरुलाई समग्र विकास सेवा केन्द्र धादिङको रोवहरमा र गरिवी निवारण कोषको सहकार्यमा उक्त सञ्जालको गठन गरिएको थियो । गाविस स्तरीय सामाजिक सञ्जालको गठनबाट कर्ण बहादुर तामाङ अध्यक्षमा चयन हुनु भएको छ ।
उपाध्यक्षमा पवित्रा तामाङ, सचिवमा निर्देश अर्याल र कोषाध्यक्षमा कुमारी तामाङ र उप सचिवमा गौतम आलेमगर सहित २५ सदस्यीय समिति गठन गरिएको थियो ।