लोप हुने खतरा आरन व्यवसाय

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३०, २०७२

आईतिमायाँ तामाङ /
धादिङबेसी फागुन ३० । गाउँ घरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ ।
धेरै मेहेनतमा कम आम्दानी हुने त्यसमा पनि नयाँ उपकरणका साथ सामाग्री उत्पादन हुन थाले पछि धादिङमा आरन विस्तारै लोप हुँदै गएको हो ।
केहि वर्ष अघिसम्म बाली (वर्षिक एक पटक एक डोको मकै) को भरमा विश्वकर्माहरुले संचालनमा ल्याएका आरन अहिले भने नगन्य मात्रामा यो चलन छ ।
पुखौैंदेखि चल्दै आएको यस आरन अहिले व्यवसायीक रुपमा संचालन उन्मुख नहुँदै बन्द हुने क्रम सँगै लोप हुने स्थितिमा पुगेको छ ।
बजारमा आधुनिक उपकरण प्रयोग गरि भाडा औजारहरु उत्पादन हुन थाले पछि आफुहरुले वाध्य भएर अर्को व्यवसाय रोज्नु पर्ने आरन व्यवसायिहरुको गुनासो छ ।
गाउँ घरमा चलाउदै आएका हसिया, बन्चरो जस्ता हतियार विस्तारै लोप हुदै गएको कल्लेरी घर भई हाल धादिङ बेसी मालेबगरमा आरन व्यावसाय सन्चालन गर्दै आईरहनु भएको कृष्ण बहादुर विश्वकर्मा बताउनु हुन्छ ।

‘पहिला–पहिला वजारमा पनि त्यस्ता साधनहरु नहुने भएकाले पनि केहि खर्च दिएर हँसिया बन्चरो जस्ता घरायासी चाहिने हतियारहरु वनाउन स्थानीयहरुको चाप हुने गर्दथ्यो उहाँले भन्नुभयो, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन वनाउन आउँछन, बजारमा पाहिने साधनले गर्दा हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ । आरनमा गएर दिनभरी वसेर घरायसी हातहतियार बनाउन धेरै समय खर्च हुने भएकाले पनि बजारमा सस्तोमा पाइने भएकाले अधिकांश स्थानीयहरुले घरायसी हातहतियार बजारवाटै किनेर लैजाने गरेको उनी बताउँछन ।

समय परिवर्तन सँगै विस्तारै गाउँघरमा पनि परम्परागत रुपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको गाउँका वुढापाकाहरुको भनाई छ । सकेसम्म यस्ता पुराना पेशाहरुलाई बचाएर लगेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने बिश्कर्माले बताउँछन् ।
आरनको लागि बजारमा प्रयाप्त मात्रामा कोइला पाउँन सके माग अनुसार सामग्री बनाउन सकिने विकले बताउनु भयो ।
गाउँ घरमा लोप हुदैै गईरहेको सयम धादिङबेसीको मालेबगरमा भने व्यावसायीक रुपमा सन्चालन भईरहेको छ ।
कृष्ण बहादुरको आरनमा धादिङका झार्लाङ देखि सामान किन्न आउने गरेको विश्वकर्मा बताउनु हुन्छ ।
उहाँले अन्य चार जना कामदार राखेर व्यावसाय गर्दै आईरहनुभएको छ । उहाँले उत्पादन गरेको तामाका गाग्री र खड्करोहरु धादिङका बजार बाहेक गोरखामा समेत विक्री हुने गरेको छ ।
पुख्र्यौली सिप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले आफुले केहि आम्दानी गरिरहेको बताउनु भयो । हाम्रो यो व्यवसाय धरापमा पर्दैछ राज्यले केहि सोचेन सिप र कलामा पनि अब आधुनिकिकरण आवश्यक रहेको भन्दै आफ्नो सिपलाई स्थर उन्नती ईच्छाभए पनि सहिकतै बाट साथ र सहयोग नभएको बताउनु भयो ।
यस्तै धादिङवेसी स्थित पुरानो फिल्महल चोकमा विगत ३० वर्ष देखि संचालनमा आएको आरन व्यवसायीको पनि मत उस्तै छ ।