धादिङ फागुन १९ । नेपालले मलेसियासँग दुई मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।
चैत्र १४ गते मलेसियाको यु – २२ सँग मैत्रिपूर्ण फुटबल हुने मलेसियाली फुटबल संघले आज निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाका अनुसार यो खेलमा नेपालले साग गोल्डकपको स्वर्ण बिजेता टोली नै अघि सार्ने छ । सअघि चैत १६ मा हुने भनिएको मलेसियाको राष्ट्रिय टोलीसँगको मैत्रिपूर्ण खेलको मिति भने परिवर्तन गरिएको छ ।
दुई देशका फुटबल संघबीच समझदारी नहुँदा खेलको मिति परिवर्तन गर्नु परेको मलेसियाली फुटबल संघले एन्फालाई जानकारी गराएको छ । मिति परिवर्तन गरिए पनि खेलको नयाँ मितिबारे जानकारी गराइएको छैन ।