हिलेपोखरी निमाविको बार्षिक उत्सवमा विभिन्न कार्यक्रम

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २८, २०७२

धादिङ फुलखर्क फागुन २८ । धादिङको फुलखर्कमा रहेको हिलेपोखरी निमाविको २६ औं बार्षिक उत्सव ३ दिन मनाईने भएको छ ।
पहिलो दिन बिहिबार गाविस भरि रहेका प्राथमिक विद्यालय स्तरीय म्युजिकल चिएर तथा चक्लेट टिपाई प्रतियोगिता गरि विद्यालयले वार्षिक उत्सव मनाउन सुरु गरेको हो ।
चैत्र १ गते पर्ने हिलेपोखरी निमाविको २६ औं बार्षिक उत्सव ३ दिन सम्म सञ्चालन हुने छ । कार्यक्रमको पहिलो दिन बिहिबार निमावि अन्तर्गत भएको सदन स्तरीय चार सय मिटर रिले दौड र म्युजिकल चिएर तथा चक्लेट टिपाई प्रतियोगिता सम्पन्न भएको फुलखर्कबाट दामोदर भट्टले जानकारी दिनु भयो ।