एजेन्सी फागुन १७ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले जीत हाँसिल गरेको छ । युनाईठेडले आर्सनललाई ३–२ ले हरायो ।
म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गरे भने एण्डर हरेराले एक गोल थपे ।
पराजित टोली आर्सनलका ड्यानी वेल्बेक र मेसुत ओजिलले एक एक गोल गरे । जितपछि म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ४४ अंक बटुल्दै चौथो स्थानका उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको आर्सनल उपधि होडमा शिर्ष स्थानको लेष्टर सिटीभन्दा ५ अंकले पछाडी परेको छ ।