धादिङ फागुन २ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै नेपाल १७ वर्षपछि फाइनलमा पुगेको छ ।
नवयुग श्रेष्ठको ह्याट्रिकको मद्दतमा नेपालले माल्दिभ्सविरुद्ध ४ गल गर्दै फाईनल यात्रा तय गरेको हो ।
नेपालले खेलको पहिलो हापमा दुई गोलको अग्रता कायम गरे पनि दोस्रो हाफमा नेपालले आफ्नो अग्रता जोगाउन सकेको थिएन । खेलको ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो ।
यद्यपि अतिरिक्त समयमा नवयुग श्रेष्ठको उत्कृष्ट हृयाट्रिकले नेपाल १७ वर्षपछि इतिहास रच्न सफल भएको थियो ।