अनुष–अनुष्का कोषद्धारा अनाथ बालबालिकालाई सहयोग

Avatar photo
Dhadingpost
सोमवार, पुस २०, २०७२

हरि नेपाली, दुबई । अनुष–अनुष्का कोषले अनाथ बालबालिकाहरुको लागि संकलित रकम यही २ जनवरी २०१६ शनिबारका दिन दुबईको एभरेष्ट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि “बाल छहारी” अनाथालयलाई हस्तान्तरण गरेको छ ।
धादिङ समाज युएईका अध्यक्ष भिम अधिकारीद्धारा आफ्ना छोरा र छोरीको नाममा स्थापना गरेको उक्त कोषले भैसेपाटी ललितपुरस्थित अनाथालयलाई १५ हजार नेपाली रुपैया हस्तान्तरण गरेको हो । सो कोषले भाग्यशाली चिट्ठाको आयोजना गरि रकम संकलन गरेको थियो । उक्त रकम कोषका संस्थापक एवं संचालक भिम अधिकारीले बालछहारी अनाथालयका संस्थापक अध्यक्ष अमिरराम लुहारलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा गैरआवासी नेपाली संघ युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, धादिङ समाज युएईका उपाध्यक्ष धनु सिम्खडा, धन पाठक लगायतको उपस्थिती रहेको थियो ।
अनुष अनुष्का कोषले अनाथ बालिबालिकाको सहयोग हेतु संचालन गरिएको भाग्यशाली चिट्ठा नयाँबर्ष १ जनबरी २०१६ का दिन दुबईको जविल पार्कमा खोलिएको थियो जसमा प्रथम पुरस्कार रिता लामा, द्धितिय पुरस्कार अमन राज र तृतिय पुरस्कार तिलक सापकोटालाई परेको थियो ।
(तस्विरह लालबहादुर ढेंगा)