थ्रीडी कपको तेस्रो दिन चार खेल सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २९, २०७२

ddगोपाल फ्युवा,
धादिङ दार्खा । थ्रीडी बिर्चेत युवा क्लवले दार्खा गाविस स्थित कुन्डले मैदानमा आयोजना गरिरहेको थ्रीडी कप फुटवल प्रतियोगिताको तेस्रो दिनमा चार खेल सम्पन्न भएको छ ।
दार्खा गाविसभरको नौवटा वडाबाट २४ टिम दर्ता भएको मध्य तेस्रो दिन सम्ममा १८ टिमको ४ खेल सकिकएको हो ।
तेस्रो दिनको पहिलो खेलमा सदाबहार बि र हिमालयन बि बिच भएको खेलमा सदाबहार बि ले ७-१को जित निकालेको छ । ल्याक्चे डी र हिमशिखर बि बिचको खेल ४-५ मा हिमशिखरले बाजी मारेको छ । तेस्रो खेल सिङ्गङ र रङ्ज्युङ ए बिचको खेल ३-३ को बराबरीमा सकिएको छ । आजको अन्तिम तथा चौथो खेल लोजोङ र निमलचेत बिच भएकोमा लोजोङले १०-० को अन्तरले खेल जितेको छ । खेलमा जिते ३ र बराबरी खेलेमा १-१ अङ्क जोड्ने व्यबस्था रहेको थ्रीडी बिर्चेत युवा क्लवका अध्यक्ष चोकबहादुर घलेले बताउनु भयो ।
यसअघिका खेलहरूमा थ्रीडी डी, थ्रीडी ए, सल्लेरी बि, चन्द्रदेवी ए बिजय भइ ३/३ अङ्क जोडिसकेका छन् । त्यस्तै ल्याक्चे ए र हिमालयन ए ले बराबरी खेलेर १/१अङ्क बाॅडेका छन् । खेल उद्घाटन इलाका प्रहरी कार्यलयका प्रमुख , समाजसेवी तेजसिंह गुरूङ, समाजसेवी प्रेमबहादुर गुरूङले गर्नुभएको थियो । खेल आगामी एक सातासम्म नियमित सञ्चालन हुनेछ ।