सहकारी अनुदान लिन आवेदन खुल्ला

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ११, २०७२

धादिङ । सहकारी उद्यम तथा रियोजना अन्तरगत सहकारी विभागले सहकारीहरुलाई अनुदान दिने भएको छ । सहकारीलाई सुदृढीकरण र व्यवसायमुखी र संस्थाहरुको प्रवद्र्धनका लागि अनुदान दिन लागेको हो ।
अनुदान लिन चाहने सहकारीलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै मुलुकभरका सहकारी संस्थाहरुलाई एक महिनासम्ममा आफ्नो संस्थाले गरेका काम र अनुदानको आवश्यकताका विषयमा स्पष्ट जानकारी गराउँदै प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विभागले ‘सहकारीलाई उपलब्ध गराइने अनुदान तथा भन्सार महसुल छुट सुविधा सिफारिस सम्बन्धी कार्यविधि २०६८’ अनुसार सूचना जारी गरेको छ । यहि मंसिर ३० गते सम्म आवेदन दिने सहकारीलाई छनौट गरि अनुदान दिने सहकारी विभागले जनाएको छ ।2two