बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० ले हरायो

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ६, २०७२

3137सान्टिएगो बर्नबाउ । विश्व फुटबल ईतिहासमा राम्रा मानिएका बार्सिलोना र रियल म्याड्रिड ‘एल क्लासिको’ दुई फुटबल टिम बीच गएराती घम्सा घम्सी प्रतियोगिता भयो । विश्वभरीका खेलप्रेमीहरुले चासोका साथ खेल हेरे । वार्सिलोनाका खेल समर्थकहरु धेरै खुसी भए भने रियल म्याड्रिडका समर्थक खुसिहुन सकेननन् ।
गए राती ११ बजे रियलको घरेलु मैदान सान्टिएगो बर्नबाउमा एल क्लासिकोको पहिलो भिडन्तमा वार्सिलोनाले ४-० का साथ आफ्नो जित सुनिश्चित गरे पछि रियल म्याड्रिडका समर्थकहरु निराश बनेका हुन् ।

यो खेल समेत गरि कूल २६३ खेलमा रियलले ९६ खेल जितेको छ भने बार्साले १०९ जित आफ्नो नाममा लेखाएको छ ।
५८ खेल बराबरीमा भएका छन् । रियलले १३६ खेलमा ७४ जित ३४ हार २९ बराबरी खेलेको छ । बार्सिलोनाले १२६ खेलमा ७१ मा जित २७ हार ३०नै खेल बराबरीका लागि खेलेको छ ।
गएरातिको खेलको केहि दृष्य3188

3580

2894

2637