सम्मानित हुनेमा धादिङका अनुज देखी भोजपुरकी मिरा सम्म

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २६, २०७२

dhurbaकाठमाडौं । बालाजु कराते एकेडेमी- डोे प्रतिष्ठानले तीन खेल ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित खेलाडिलाई प्रतिष्ठानले नेपाल सरकारको गृहमन्त्री शक्ति बस्नेतलाई प्रमुख अतिथि बनाई एक विशेष समारोह बीच खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेमा स्पेनमा भएको अल्ट्रा म्याराथनकी उप विजेता भोजपुरकी मिरा राइ, एनआरएन मकाउका अध्यक्ष मकवानपुरका मुकेश कुमार बरुवाल र एनआरएन जापानका महासचिव धादींगका अनुज थापा हुनु हुन्छ ।
धावीका हुनु अघि बालाजुकी कराते खेलाडी रहेकी मिरा राइले स्पेनमा उपविजेता हुने क्रममा तीन पटककी बिश्व च्याम्पियन नारिया प्लसलाई समेत पछि परेको बालाजु एकेडेमीका प्रमुख ध्रुब विक्रम मल्लले बताउनु भएको थियो ।
मिराले स्पेनका भएको ११० किलो मिटरको सो स्पर्धामा सफलता पाउनु पूर्व हंगकंगमा भएको ५० किलो मिटर दौड तथा फ्रान्समा भएको ८० किलो मिटरको दौडमा पहिलो स्थान पाएकी थिइन् ।
यसैगरी मुकेश बालाजु एकडेमीका स्थापना कालका प्रमुख खेलाडी थिए । अनुज पनि बालाजुकै कराते खेलाडी हुन् । बालाजु एकडेमीका सदस्य तथा एकेएफ रेफ्रि छत्र आले, एकेएफ रेप्रि, राम चन्द्र गुरुङ र एकडेमीका कोशाध्यक्ष तथा एकेएफ रेफ्रि नवराज मास्केको पनि उपश्थिती थियो । कार्यक्रममा एसियाड विजेता बिमला तामाङले डेमोन्स्ट्रेस प्रदर्शन गर्नु भएको थियो ।