च्याम्पियन बन्दै थ्रीस्टार क्लबले एक करोड जित्यो

Avatar photo
Dhadingpost
शनिबार, अशोज ३०, २०७२

Three-Star1चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २—० गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ ।
थ्रिस्टार क्लवका कप्तान सागर थापा र राम्रा खेलाडी संदीप राइ विना मैदानमा उत्रिएको थ्रिस्टारले एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।
थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक÷एक गोल गरेका थिए ।