असल सहकारीको अभ्यासबारे कस्लाई पढाउने ?

Avatar photo
Dhadingpost
बुधबार, भदौ २३, २०७२

लेखनाथ ढकाल
lekhnath dhakalमन्त्री, सभासद, सचिब, पार्टीका नेता, सरकारी अधिकृत सबैले आफुले जिम्मेवारी पाएकोमा गर्व गर्ने अनि अगुवा नागरिक भएको हैसियतले उच्च स्तरको सोँच सँँस्कार नै नभएको अवस्था हाम्रो समाजमा हुर्कदो छ । शिक्षक प्राध्यापकहरु समेत प्राज्ञिक आत्मसम्मानका साथ नरहेको अवस्था छ । नागरिकहरुले स्वाभिमान, आत्मसम्मान र उच्च नैतिक जिम्मेवारी भएका ममानिसहरुबाट सार्वजनिक सरोकारका जिम्मेवारी यो विक्रिती हो, सामन्तवादी सोँच र पुँजीवादी विक्रितीको पराकाष्टा हो । यसबाट माथि उठ्ने सोँच र सँस्कार भएका नागरिक कसरी बनाउने यो आजको चुनौती हो । समाज यस्तै बाटोमा हिडिरहेको भए पनि पछाडि फर्कदैन । यस्तै समाजबाट उज्यालो जीवन उदाउने आसा गर्ने र नयाँ सोँच सँस्कार र सँस्कृतिको विकास गर्ने हो । यसैलाई क्रान्ति भनिएको हो र कसैले परिवर्तन ल्याउछु, क्रान्ति गर्छु भन्दा नेपाली समाजमा त्यस्तालाई जनसमर्थन प्राप्त भएको हो ।
क्रान्ति वा आमूल परिवर्तन विद्यमान अवस्थाभन्दा धेरै माथिको चेतना र विचारबाट मात्र संभव हुने कुरा हो । उच्च स्तरको चेतनाले परिष्कृत सोँच र सँस्कारको विकास गर्छ । उच्च स्तरका चेतना व्यवहारमा देखिने कुरा हो, आम रुपमा व्यवहारमा देखिने चरित्र हो । तर परिवर्तनकारी भन्ने र परिवर्तन विरोधी भनिनेहरु सबैमा मोटामोटी रुपमा हेर्दा भिन्नता छुट्याउन नसकिने अवस्था देखिन्छ । अझ धर्म र जातका कुरा उराल्न खोज्नेहरुको पनि कमी छैन । चेतनाको विकास असल तथा थयार्थ विचार, असल शिक्षा, असल चिन्तन-मनन-सोच र प्रयाप्त सूचनाबाट हुन्छ । परिवारको सँस्कृति, सामाजिक सँस्कृति र शिक्षाबाट ब्यक्तिको चरित्र निर्माण हुन्छ । असल चरित्र भएका मानिसबाट असल समुदाय, समाज र राष्टू निर्माण हुन्छ । परिवारका, समुदायका, समाजका, राष्ट्रका, राजनीतिक पार्टीका, सबै प्रकारका सङ्गठनका अगुवाहरुले अगालेको यथार्थ विचार र असल चरित्रबाट नयाँ सँस्कृतिको विकास हुने हो । हाम्रो समाजमा विद्यमान परम्परा र प्रचलनहरु रुढिवादी, भ्रमपूर्ण र काल्पनिक हावादारी तर्कमा आधारित छन । यथार्थ विचारको जगमा उभिएको विचारको अभाव छ । धर्म, जात, भाषा आदि कुरालाई पहिचानको कडी मान्ने अवस्थामा समाज छ र यहाँका अगुवाहरु सोही स्तरका छन । पराक्रम, आविश्कार र असल कामलाई पहिचान बनाउने दिन कहिले आउला ? छोरीलाई पनि अंश पाउँनु पर्ने माग गर्ने समाज छोरीलाई अनिवार्य शिक्षा माग गर्ने समयमा कहिले पुग्ला । शिक्षा, सिप, ज्ञान सिकेर स्वावलम्वी बनेर स्वाभिमानपूर्ण जीवन विताउने सोंच भएका नागरिक बनाउने कुरामाभन्दा चाकरी, चाप्लुसी, ठगी गर्ने, विना श्रम सम्पत्ति कमाउने सोंचभएका अगुवाहरुबाट समाजको प्रगतिमा नै बाधा पुगेको अवस्था रहेको छ, जसरी भए पनि सम्पत्ति कमाउने सोंच समाजलाई अनैतिक बाटोमा जवरजस्र्ती धकेल्ने सँस्कृति बनेको छ । यस्तो सामाजिक वातावरणमा न्युटन र आइन्स्टाइन बन्ने पुस्ता कसरी विकास होला ?
आर्थिक गतिविधि र प्रविधिको उपयोगको आधारमा सामाजिक संस्कृति निर्माण हुने गर्दछ । उत्पादनका स्रोत साधनमाथिको स्वामित्व तथा वितरणका आधारमा सामाजिक/साँस्कृतिक संरचना उभिएको हुन्छ र यसले सोही समाजिक संरचनाको रक्षा गर्ने राजनीतिक उपरी संरचना स्थापित गरेको हुन्छ । अतः आर्थिक–सामाजिक संरचनामा परिवर्तन गरेपछि राजनीतिक परिजर्तन हुने तथा राजनीतिक परिवर्तन भए आर्थिक/सामाजिक परिवर्तन हुने गर्दछ । केन्द्रीकृत राजनैतिक संरचना परिवर्तन प्रक्रीयाले नेपालको सामाजिक(आर्थिक संरचनामा परिवर्तन हुनु अनिवार्य छ । असा गरौं नैतिकतापूर्ण आर्थिक क्रियाकलाप र सामाजिक न्यायको आधारभूत चरित्रलाई आत्मसात गर्ने वितरण प्रणालीको संस्कृतिको विकास होस । संघीय संरचनाले आ/आप्mना संघका नागरिकलाई सामाजिक, आर्थिक, सँस्कृतिक समृद्ध बनाउने कुरामा प्रतिस्पर्धामक बनाउन सक्नेछ । कोही सामन्ती धरानीया र पुराना ढोगीहरुलाई विस्थापित गरी नयँ समाज बनाउने सोचकको विकास गर्ने नेताहरुले सामाजिक राजनीतिक नेतृत्व गर्ने प्रचलनको विकास होस ।
क्यपिटलिष्ट इकोनोमीको स्कुलिङ्ले खुल्ला बजार प्रणालीको वकालत गर्छ र निजी क्षेत्रलाई प्रतिस्पर्धि रुपमा काम गर्ने खुल्ला तथा ‘प्रातान्त्रिक’ समाजको कल्पना गर्छ । आर्थिक असमानता र वितरणमा सामाजिक न्यायको कुरामा यो उदासिन देखिन्छ । प्रतिस्पर्धामा बजारबाट जति पैसा कमाउन सक्छौ कानुनी परिधिमा रहेर कमाउ भन्छ । कानुनी राज्यको कुरा यसको प्रमुख भनाई रहे पनि र निजी सम्पत्तिमा जोड दिने यसको चरित्रका कारण निजी सम्पत्ति आर्जन गर्न भ्रष्टूाचार, अनैतिक व्यापार, अपारदर्शीि कारोवार, र सामाजिक जिम्मेवारीहीन क्रियाकलाप आदि यो समाजका चरित्र बन्ने गरेका छन । श्रमिक र मालिक बिचमा ठूलो असमानता रहने गरेको छ । वातावरण विनास, उपभोक्तालाई ख्याल नगर्ने कुरा, सामाजिक उत्तरदायित्वपूर्ण आर्थिक क्रियाकलाप आदिका कुरा औपचारिकता र श्रेस्ता मात्र हुने गर्दछन् ।
सोसलिस्ट इकोनोमीको स्कुलिङ्लले राज्यको नियन्त्रणमा उत्पादनका स्रोत साधन हुनुपर्ने र समान वितरण प्रणालीको वकालत गर्छ । सैद्धान्तिक रुपमा पुँजीवादको विकासपछि पुँजीवादी संरचनालाई विस्थापित गर्ने सोसियलिस्ट समाज पुँजीवादी चेतनाभन्दा उत्कृष्ट हो । यसको सैद्धान्तिक आधारमा व्यवहारिक प्रविधिको विकास र अभ्यास गर्ने क्रममा समाजवादी अर्थतन्त्रको पूर्ण सफलता हासिल हुन सकेन । दोश्रो विश्वयुद्धपछिको समय समाजवादी र पुँजीवादी विचारको लडाईमा पुरै विश्व दुई खेमामा विभाजित भयो । हारजित जे जे भनिए पनि आजको विश्वको अवस्था परिमार्जित अवस्थामा रुपान्तरित भएको हो, तथापि नेतिकतापूर्ण आर्थिक क्रियाकलाप र सामाजिक न्यायका आाधारको वितरण प्रणाली झनै चुनौतिपूर्ण रहेको अवस्था छ । आर्थिक र सामाजिक क्रियाकलापमा स्वामित्व, समान वितरण, सहभागिता, नैतिकतापूर्ण क्रियाकलाप आदि विषयमा चुनौतितपूर्ण हिसावमा नै विश्व चलिरहेको छ ।
केही मानिसले दुबै प्रणालीका राम्रा पक्षहरुको उपयोग गर्ने भन्ने विचार अगाडि सारे र ‘प्रजातान्त्रिक समाजवाद’ भने । वास्तवमा पुँजीवाद, समाजवाद र प्रजातान्त्रिक समाजवाद यी नै तीनवटा विचारबाट निर्देशीत आर्थिक प्रणाली र त्यसले प्रत्याभूत गर्ने राजनीतिक विचार आज विश्वमा स्थापित मोडलहरु हुन । सैद्धान्तिक रुपमा जे जस्तो भनिए पनि व्यवहारिक रुपमा कुनै मोडल पूर्ण छैनन् । समाजवादी विचारको लक्ष राज्यविहीनतासम्मको भए पनि समाजवादकै चरणमा व्यवहारिक सफलताको अवस्था नरहेको धेरैको गुनासो पनि सुनिन्छ । जे जस्तो आर्थिक र राजनीतिक सोच भए पनि नैतिकतापूर्ण आर्थिक क्रियाकलाप अ ाजको मानव सभ्यताकै लागि चुनौतिको विषय रहेको देखिन्छ ।
सहकारी नागरिकको क्षेत्र हो । सहकारी गैर-राज्यक्षेत्रको व्यवसायिक गतिविधि हो । यसको व्यवस्थापन नेतृत्व र नियन्त्रण यसकै सदस्यबाट हुन्छ । नागरिकहरुको स्वामित्वमा रहने व्यवसायलाई स्वशासन र सुशासनका लागि राज्यको भूमिका आवश्यक पर्दैन, इतिहासमा कतिपय देशमा सहकारीलाई राज्यले गैरकानुनी करार गर्दा पनि यसको राम्रो विकास भएको उदाहरण रहेका छन । राज्यले सहकारीलाई मौलाउने वातावरण बननाउदा त्यस देशको विकासको गतिमा तीब्रता आउँछ । सहकारीका उत्पादन र सेवाका प्रथम उपभोक्ता यसकै सदस्य र समुदाय हुने भएकोले मुल्य, गुणस्तर तथा अन्य स्टयण्डर्डमा विश्वासनीयताको भरपर्दो क्षेत्रका रुपमा राज्यले पनि भरपर्दो साझेदारको व्यवहार गर्ने गर्दछन । सहकारीमा काम गर्ने व्यवस्थापक तथा कर्मचारीहरु संगठनका सदस्य र समुदायका मानिसको विश्वास आर्जन गर्नु, सामाजिक प्रतिष्ठा बढाउनुलाई नाजायज रुपमा पैसा कमाउनुभन्दा ठूलो ठान्छन । युरोपका उपभोक्ता सहकारीमा काम गर्ने कर्मचारीहरुको कार्य क्षमता, ईमान्दारीता र उपभभोक्ताप्रतिको उनीहरुको विश्वासलाई विश्वभर नै युरोपको पहिचानको रुपमा लिइन्छ । यो विश्वका अन्य देशमा पनि रहेको छ कि सहकारीमा काम गर्ने कर्मचारीहरुले सबैभन्दा खुशी र आत्मसम्मानका साथ काम गर्ने गरेका छन् । निजी क्षेत्रका व्यापारिक तथा औद्योगिक प्रतिस्ठानमा झै श्रमिक र मालिकको बीच तनाब सहकारी पद्धतिका व्यवसायमा हुदैन, सहकारी व्यवसायको उल्लेखनीय र विलक्षण चरित्र हो यो । नेपालको अन्तरिम सम्बिधानमा सहकारीलाई अर्थतन्त्र विकासको तीनवटा खम्बामध्ये एउटा भनिएको छ, र आजभोली यसमा विवाद आई रहेको छ । सहकारीको परिभाषा र तीनखम्बे सौच विरोधाभाषपूर्ण देखिन्छ । सहकारी समग्रा सामाजिक अ ार्थिक विकासको आाधार हो यो कुनै खम्बामात्र होइन । सामज विकासको दर्शनका हैसियतमा विकास भएको सहकारी सिद्धान्तलाई समाजको एउटा हिस्सामात्र भनेर हेर्नु त्रुटीपूर्ण हुनेछ ।
सहकारी क्षेत्रमा भइरहेका प्रयोग तथा परिमार्जित आर्थिक चरित्र जो सहकारी मूल्य र सिद्धान्तमा आधारित भएर सञ्चालन भइरहेका यी नैतिकतामा आधारित आर्थिक क्रियाकलाप हुने गर्दछन । वास्तविक सहकारी चरित्रका क्रियाकलापहरु कानुनी परिधिभन्दा पनि माथिल्ला स्तरमा हुने गर्दछन । मेन्चेस्टर विश्वविद्यालयका प्रोफेसर जोन्सन विर्चल आफ्नो पुस्तक ‘ईन्टरनेशनल को-अपरेटिभ मुभमेन्ट’ मा लेख्छन् – ‘सहकारी सिद्धान्तले आधारभूत मानवीय मूल्यको प्रत्याभूत गरिरहेको छ । यसको व्यवहारिक उपयोगले सहकारीका सिद्धान्तहरु आधारभूत मानवीय मूल्यका साधन रहेको प्रत्याभूत गरिरहेको छ । सहकारीका मूल्यहरूलाई व्यवहारमा उतार्ने काममाभन्दा भनिने र लेखिने कुरामामात्र जोड पाइरहेका छन्, यसलाई व्यवहारमा नै प्रत्याभूती गर्ने, जस्तो कि रोचडेलका अगुवाहरूले गरे, लाई ध्यान दिन आवश्यक छ ।’ उनले आफ्नो पुस्तकमा अगाडि भनेका छन, ‘भन्न सजिलो छ तर व्यवहारमा कठिनाई छ, त्यहाँ आन्तरिक दबाव हुने गर्दछन् जस्तै-केही व्यक्तिहरुले आधिपत्य कायम गर्न चाहने प्रवृत्ति जो सबै प्रजातान्त्रिक संगठनमा देखिने गर्छ, व्यवस्थापकहरुले आवश्यकताभन्दा बढि नियन्त्रण गर्ने प्रवृृत्ति जो ठूला संगठनहरुमा देखिने गर्छन, कर्मचारीतन्त्र हावी हुन खोज्ने प्रवृत्ति, जो ठूला परिमाणका संगठनमा देखिने गर्दछन् ।’ सहकारीको स्वायत्तता पनि एउटा महत्वपूण पक्ष हो यसका बारेमा प्रोफेसर विर्चलले आप्mनो पुस्तमा लेख्छन, ‘बाह्य हस्तक्षेप पनि हुने गर्दछ जस्तै ( बजारसँग तुलना गरेर अरुहरु जस्तै बन्न चाहने देखासिखी प्रवृत्ति, अनिश्चित कुराहरुको लागि पनि सहकार्य गर्नुपर्ने अवस्थाले सहकारीलाई बाँच्नको लागि रक्षात्मक हुन बाध्य पार्दछ, छोटो अवधिको लाभले दीर्घकालीन असर पार्ने कुरामा ध्यान पु¥याउन सकिंदैन ।’ पुस्तकमा सहकारीलाई आप्mनो पअिचान र चरित्रलाई कायम राख्ने चुनौतीका विषयमा लेखकले यसरी लेखेका छन, ‘सबै खाले प्रभावहरुले सहकारीलाई सिद्धान्त अनुसार बाँच्न असम्भव बनाउन सक्छन, अर्कोतिर सहकारीका सिद्धान्तहरु दीर्घकालीन उपलब्धीका लागि, अन्य व्यवसाय भन्दा उत्कृष्ट भएर सञ्चालनार्थ, सबै खाले आन्तरिक तथा बाह्य दबावहरुसँग मुकाविला गरेर सहकारीहरू सञ्चालन हुनुपर्दछ ।’
नैतिकतापूर्ण आर्थिक सोंच र पारदर्शी कडा आर्थिक नीति पहिले ल्याऊ अनि पुननिर्माणको काम अगाडि बढ्छ । विपत्तिमा पनि मन्त्री, कर्मचारी र व्यापारी मालामाल हुने अवस्थाले कस्तो पुनर्मिाण गर्ने हो ?
सहकारी क्षेत्रका लागि विचार बनाउने काममा गैरसहकारी क्षेत्रका मानिसको नीतिनिर्देशन र नेतृत्व कुनै पनि हालतमा प्राकृतिक कुरा होइन । यथार्थता नभए परिणाम आउदैन, त्यही भइरहेको सबैलाई थाहै छ । यस्तो उस्तो भनेर जतिसुकै बम्के पनि यथार्थले देखाइरहेको कुरा वास्तविक हो । पार्टीपिच्छेका सहकारीका लागि विभाग वा संंगठन बनाएर सहकारीमा सिन्को भाँच्न नसकेका मानिसले सहकारीको नेतृत्वमा आउने हरकत गर्नु विडम्बना भएको छ, कुनै गतिलो परिणाम देख्न नसकिएको कुराले यो कुराको सत्यता पुष्टी हुन्छ ।
काँग्रेसको को–अपरेटर अलायन्स रे, एमालेको छुट्टै रे, माओवादीको छुट्टै रे । गर्ने चै केही होइन – चुनावमा प्यानल बनाएर लड्ने मात्र हो । सहकारीमा यो प्रदुषण बढाउने काम भइरहेको छ । असल अभ्यासको सहकारीको विकास गर्न असल सहकारीकर्मीहरुको समूह समुदायसँग मिलेर सहकारी चरित्रको व्यवसाय गर्नु एकमात्र विकल्प हो । राजनीतिक पार्टीका आधारमा सहकारीका समूह बनाएर जानुपर्ने कुरामा अगुवाहरु नै सक्रिय रहेको देख्दा नेपालको सहकारी आन्दोलन अहिले पनि सारै पछौटे मानसिकतामा रहेको बुझिन्छ ।