जोगिमाराको शंखादेवि कप भद्रकालीले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७२

धादिङ । श्री शंखादेवि कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि भद्रकाली युवा क्लब मलेखुले जितेको छ ।
जोगिमारा युुुुवा समाज मझिमटारद्धारा भाद्र १२ गते देखि संचालन गरिएको फुटबल प्रतियोगिताको फाईलन खेलमा १ गोल पनि गर्न नसकेको फजिमटार युवा समाजलाई ६ गोलले हराउँदै भद्रकाली युवा क्लब मलेखु प्रथम भएको हो ।
OLYMPUS DIGITAL CAMERAहार सँगै फजिमटार दोस्रो यसै गरी मुग्लिन यूवा समाजलाई हराउँ आयोजक टिम मझिमटार युवा समाज तेस्रो भएको थियो ।
प्रथम द्वितिय र तृतियलाई क्रमश २५ हजार , १५ हजार र ५ हजार नगद कप , मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । धादिङ, गोरखा र चितवनका १८ टिमले प्रतिस्पर्धा गरेको यो प्रतियोतिता ११ दिन सम्म संचालन गरिएको थियो ।

समापनमा सिडियोले ढाँटे
आईतबार कामको व्यस्तताले आफु आउन नसक्ने बताए पछि सिडियो सापकै सल्लाहमा सोमबार समापन गर्ने साल्लाह भयो । तर सोमबार आफु काठमाडौ भएकोले प्रमाण पत्र सहि गर्न यतै आउ भने । आयोजकका एक सदस्यले बताए पछि सिडियो बासुदेव घिमिरे विरुद्ध विभिन्न टिका टिप्पणीहरु गरेका थिए दर्शकहरुले । कार्यक्रमका प्रमुख अतिथि सिडियो बासुदेव घिमिरेले धोका दिए पछि खेल पुरस्कार वितरणका लागि विशेष अतिथि धादिङका डिएसपी सविन प्रधानलाई कुरिएको थियो । ढिलै भए पनि ५ः५० मा पुगि प्रधानले पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

OLYMPUS DIGITAL CAMERA
खेल अवधिभरमा सर्वाधिक ४ गोल गर्ने आयोजक टिमका विमल मल्लाह सर्वाधिक गोल कर्ता बनेका थिए । प्रतियोगिता संचलनको लागि प्राप्त सहयोग रकम शंखादेवि मन्दिर निमाण गरीने आयोजकले जानकारी दिएको छ ।
खेल आयोजनाको लागि १ हजार भन्दा बढी सहयोग गर्ने चन्दा दाताहरुOLYMPUS DIGITAL CAMERA