सानो ठिमी भक्तपुरले खोसेको पहिलो खुसी

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १०, २०७२

सफल हुँदा हुँदै पनि असफल तुल्याई दिएको परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले खोसेको पहिलो खुसी ।
nabaraj duwadi copyसफल हुँदा हुँदै पनि असफल तुल्याई दिएको परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले खोसेको पहिलो खुसी) भन्ने शिर्षकमा मेरो छोरा सन्दिप दुवादीको मेहनत, परिश्रम र खुसीहरु लुटिएको अबस्थामा मेरा मनमा उकुस मुकुस भएर बसेका शब्दहरुलाई पाठक सामु उतार्ने कोशिस गरेको छु । दु:खमा नआतिने र सुखमा नमातिने सन्देशका साथ हर समय आफनो जीवन संघर्षमय छ र जीवन नै संघर्ष हो, जीवन युद्धको मैदान हो । पिडित बिधार्थीहरुले आफनो जीवनलाई उज्वल भबिश्य बनाउन प्रति उत्प्रेरित हुन सफल हुन अग्रसर हुनु पर्छ भन्दै बाबु सन्दिप ढिलै भए पनि तिम्रो ओठमा हाँसो देख्न पाएका छौ । त्यो तिम्रो गल्ती थिएन गल्ती थियो परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरको । शुभकामना छ तिमीलाई हरदम अगाडि बढनको लागि ।
आह……ब्यबहारीक, ब्यबसायीक र फलदायी शिक्षामा जोड भन्ने नारा सहित बिगद केहि बर्ष अगाडि देखी नेपाल सरकार शिक्षा मन्त्रालयको नारा अनि शिक्षा बिभागको निर्देशन, त्रुटी रहित ढंगबाट परिक्षाफल प्रकाशित गरिने छ भनि परिक्षा नियन्त्रण कार्यालयको बागडोर सम्हाल्नु भएका ३० औं कार्यालय प्रमुख बिष्णु बहादुरद्धारे सरबाट परिक्षाफल प्रकाशित हुनु ३ र ४ दिन पुर्ब देखि पत्रकार सम्मेलन गरी बिज्ञप्ती जारी समेत भएको ।
ओहो कुरा कहाँबाट शुरु गरुँ ? कसरी थालनि गरुँ ? मिति २०७२।०३।०४ गते SLC परिक्षाको परिक्षाफल प्रकाशित प्रति । सरकारको चाहाना सहि हो, ब्यबहारीक, ब्यबसायीक र फलदायी शिक्षामा जोड त्रुटी रहित ढंगबाट परिक्षाफल प्रकाशित गर्ने, कार्यालयले आफना मातहतका कर्मचारीहरुलाई दिएका जिम्मेवारी सहि तवरबाट निभाउन भन्ने कार्यालय प्रमुखको चाहाना हुनु स्वभाबिक पनि हो । अनि सर्बै सर्बा र (क) देखी (ज्ञ) सम्म कार्यालय प्रमुखले हेरी अन्तिम रुप दिनु पर्छ पनि म भन्दिन । कुरा यति हो कि आफना मातहत कर्मचारीहरु कार्यालय सहयोगी देखी कार्यालय प्रमुख समेतले आफनो जिम्मेवारी बहन गर्नु पर्छ भन्ने तर्फ । सर यो मेरो कुनै आबेगको लेखाई हैन, कुनै रिस र रागले लेखेको हैन, मेरो लेखाई तपाईका कम्प्यूटर अप्रेटर अनि, कपि चेक गर्ने शिक्षक माथी मात्र हो सर, मेरो स्थानमा तपाई भएको भए के भन्नु हुन्थ्यो ।
त्यस्ता कर्मचारीहरुलाई ? कसरी म जस्तै पिडित बन्दै चित्त बुझाउनु हुन्थ्यो होला तपाईले ? थाहा छ सुत्केरी भएको आमालाई मात्र थाहा हुन्छ रे सन्तान जन्माउन कति पिडा हुन्छ भनेर । तेस्तै आमा बन्न कति कठिन छ भनेर । तर बिहे नै नभएकि कुमारी कन्यालाई के थाहा, सुत्केरी हुँदाको पिडा कस्तो हुन्छ भनेर, अनि आमा बन्न कति कष्ठ सहनु पर्छ भनेर हो तेस्तै भएको छ मलाई र मेरो छोरा सन्दिपलाई २०७१ सालको SLC परिक्षाको नतिजाले । तपाईको त्यो त्रुटिपुर्ण परिक्षाफल प्रकाशितले मलाई पुरुष भएर पनि सुत्केरी बन्न बाध्य बनाई दिएको छ । अनि मेरो छोरालाई नखाएको बिष लागेर मरेतुल्य भई गलित बनाई दिएको छ । मानसिक पिडामा बस्न बाध्य पारिदिएको छ । म र मेरो छोराको लागि ४५ दिन सम्म आकाश खसाई दिनु भएको छ । धर्ती फटाई दिनु भएको छ बिचरा निरिह बन्न बाध्य पारिए दिएको छ । तपाईले नै भन्नु भएको हैन SLC लाई फलामे गेट भन्न हुँदैन भनेर …………. । तर म र मेरो छोरा सन्दिपलाई फलामको गेट हैन सर फलामै फलामको बाकस भित्र थुनि, फलामकै भोटे ताल्चाले बन्द गरी फलामको जन्जिरले बाँधि, फलामकै चिउरा खानु तुल्य बनाई दिनु भएको छ ।
मेरो छोरा परिक्षामा सफल हुँदा हुँदै पनि असफल तुल्याई दिनु भएको छ अब भन्नुस मेरो र त्यो निरिह बालक सन्दिपको मानसपटलमा परेको चोट ४५ दिन सम्म कस्तो रह्यो होला ? अनि तपाईबाट परेको चोटलाई कुन तवर र कसरी सम्बोधन गर्नु हुन्छ ? कसरी ? तपाईले भन्नु होला गल्ती गर्ने कर्मचारीलाई मैले कारवाहि गरि सकें भनेर ? अब यस्त्यो दोहोरिंदैन भनेर ।
अँह नाई यो कुराले मेरो र मेरो छोराको चित्त बुझ्ने छैन र कदापि बुझदैन पनि अनि बुझोस पनि कसरी ? सफल भएता पनि कृतिम असफल तुल्याई दिई पुनर्योगको नतिजा प्रकाशित नभए सम्मको त्यो कहाली लाग्दो, उराठ लाग्दो अनि दिकदारिलो ४५ दिन सम्म पिडामा डुबाउने काम कहाँ बाट र कोबाट भएको हो ? मेलै र मेरो छोराले निजलाई कारवाहि भएको प्रस्ट देख्न र सुन्न पाउनु पर्छ कि पर्दैन ? मेरो हक अधिकार छ कि छैन ? पिडित ब्यक्तीलाई थाहा दिनु तपाईको दायित्व हो कि होईन ? हुन्छ कि हुँदैन ? तपाई मातहतको गल्ती गर्ने अप्रेटर अनि कपि चेक गर्ने शिक्षकलाई कारवाहि गरें भनेर मलाई आस्वस्त बनाउनु होला ।
तपाई पानी माथीको ओभानो बन्न खोज्नु होला तर म अनि निरिह छोराले कसरी पत्याउँ कसरी सर कसरी ? सर तपाईले कृतिम पिडित बनाएको म र मेरो छोरा सन्दिप जस्ता १४९५ जना बिधार्थीहरुको त्रुटीपुर्ण परिक्षाफल प्रकाशित गर्नु भएको छ । के तिनिहरुलाई बिश्वास दिलाउन सक्नुहुन्छ गल्ती गर्ने कर्मचारीलाई कारवाहि गरें भनेर ? कसरी तिनिहरुलाई आश्स्त तुल्याउनु हुन्छ ? म र मेरो छोरा जस्तो त १,४९५ जना SLC दिने सदस्य छन भने अब तिनका बाबा र आमालाई जोड्नु होस तपाईको SLC परिक्षाको परिक्षाफल प्रकाशितमा सफल भएर पनि असफल हुन बाध्य हुने ४,४८५ जना छन कि छेनन ? तपाईकै प्रत्येक्ष निग्रानिमा भएको परिक्षाफल प्रकाशितमा त यति धेरै त्रुटी हुने रहेछ भने, ए (रामे) तिमीले यो काम गर है भनि काम छोडेर गएको कर्मचारीको अब बबिस्वास मान्नु हुन्छ कि नाई ? तपाईले आफना कर्मचारीको बिस्वास मान्नु होला र मान्नै पर्छ पनि, तर म पत्यार मान्दिन र मान्ने वालामा पनि छैन ।
कृपया सर सक्नु हुन्छ भँने ति नालायक शिक्षक तथा नम्वर चढाउने कम्प्यूटर अपरेटरलाई सार्ब्जिनक रुपमा कारवाहि गरेर देखाउनुहोस पिडित म लगायत ४,४८५ जना बिधार्थी र अभीभावक कारवाहि भएको हेर्न आतुर छौं किन थाहा छ सर ? १० मिनेट मात्र केवल १० मिनेट मात्र म र मेरो छोराको मानस्पटलमा डुब्नुहोस त ? बल्ल देख्नु हुनेछ मलाई अनि मेरो छोरालाई । सर मेरो ठाँउमा तपाई पिडित भएको कल्पना गर्नुहोस त, अनि तपाई बन्नुहोस सफल भई भई पनि असफल ब्यक्ती, अझ भन्नु पर्दा SLC दिने सदस्य । गल्ती सबैको हुन्छ, असफलता नै सफलताको प्रतिक हो तपाईले पनि तेहि पढनु भयो होला, मैले पनि तेहि पढेर मेरो छोराले पनि तेहि पढेको छ ।
घोडा चढने मान्छे लड्छ, पढने बिधार्थी फेल हुन्छ भनेर ब्याख्या तपाईले पनि गर्नु भयो होला । मैले पनि गरे र आज मेरो छोराले पनि तेहि वाक्यांशको ब्याख्या गरी पढेर आएको छ । म कुनै पत्रकार हैन, म कुनै होनाहार लेखक होईन, म तेहि पिडित बिधार्थीको पिडित अबिभाबकको पात्र मात्र हुँ । आफनो छोरालाई सफल बनाउन र SLC मा राम्रो मार्क ल्याई उतिर्ण गराउन हरदम प्रयात्नशिल अभिभावक हुँ । जो सफल हुँदा हुँदै पनि असफल तुल्याईएको पिडित बिधार्थीको बाबा हुँ…… पिडित बिधार्थिको बाबा, मृत्युको मुखमा पुगि छटपटिएको रोगी जस्तै छटपट्याईएको मान्छे हुँ, लौराले कुटी कुटी म(यो भनेर छोडेर गएको साँप बिउँतिए सरह बनाएको मान्छे हुँ । अब मैले तपाईलाई कसरी आफनो परिचय दिउँ परिचयत तपाईले नै बनाई दिनु भएको छ मेरो । सर मैले तपाईको कुनै ब्यक्तीगत जीवनमा ठेस पु(याउन खोजेको हैन र त्यो चाहाना पनि छैन । नत मैले तपाईलाई चिनेको छु नतस् तपाईले मलाई नै चिन्नु भएको छ, नतस् मेरो तपाई सँग कुनै दुष्मनी छ नतस् तपाईको मसँग नै कुनै दुष्मनी छ । तपाई मातहतका पढे लेखेको जस्तो जस्ता देखिने अनि भलादमी जस्तो देखिने कर्मचारीहरुको बोली, बचन, ब्यबहार, तपाईलाई थाहा छ ? पक्कै छैन होला सर, नत्र हामी पिडित अभीभावक र बिधार्थीसँग बोलिएका बचन, भाषा, शैली कति नमिठो अमिलो र टर्रो छि मलाई घिन लागेर आउछ तपाईका कर्मचारीहरु देखि । सर यो मेरो लेख मेरो हृदय देखि प्रस्फुटित भएर आएको अभिब्यक्तीलाई कपीमा उतारेको मात्र हुँ, मेरो छोराको लेखाई बौद्धिकता हेरेर सरलाई प्रस्ट भयो होला आखिर निरिह बिधार्थी अन्यायमा परेको रहेछ, साँच्चै मर्कामा परेको रहेछ अनि गल्ती परिक्षा नियन्त्रण कार्यालयबाटै भएको रहेछ भन्नु भयो होला, हुन पनि जे सोच्नु भयो तेहि भएको थियो । सर मेरो छोरोलाई सफल हुँदा हुँदै पनि असफल बनाई कलिलो मानस्पटललाई लथालिङ र भताभुङ बनाईदिने कहाँ, कसबाट र किन ? सर तपाईबाटै उद्धघोष भएको हैन काठमाण्डौ भ्याली भ्यू स्कुलका दिक्षित पौडेलले ९४ प्रतिशत अङक ल्याई सर्बोत्कृष्ठ भएका छन भनेर ? बुटवल शान्ती नमुना उ.मा.बि.कि भावना अर्यालले ९३.८७ प्रतिशत अङक ल्याई सर्बोत्कृष्ठ भएकि छिन भनेर ? र चितवन अर्गनाईजेसन उ.मा.बि.का अरुण लम्सालले ९१.८७ प्रतिशत अङक ल्याई सर्बोत्कृष्ठ भएका छन भनेर ? हो तेहि अङक र प्रतिशत सरह हो मेरो छोराको प्रतिशत र अंङक पनि । सर तपाईलाई कम लाग्ला र लाग्ने छ पनि …किन कि ब्याएको गाईलाई मात्र थाहा हुन्छ बाच्छा बाच्छि जन्माउन कति गा(यो र पिडा हुन्छ भनेर, मेरो हैसियत अनुसारको स्कुलमा भर्ना गरेको थिएँ, मेरो आर्थीक स्थितिले धान्न नसकेर सरकारी स्कुल पढाएको थिएँ, मैले आफनो घाँटी हेरेर हड्डी निल्नु पर्छ भने झैं छोरालाई पढाएको थिएँ । कहिले डोको त कहिले नाम्लो बोकाएर पढाएको भएता पनि परिक्षामा सफल हुँदा हुँदै पनि असफलको बिल्ला भिर्नु पर्दा, १० र १० बर्षको परिश्रममा फल बिनाको बोट मात्र हुनु पर्दा, हाँसी खूसी हिड्डुल गरी आफना खूसीहरुलाई साथीहरुको माझ साटा-साट गर्ने बेलामा घरको कोठामा एक्लै बसी झोक्र्किनु पर्दा, ति निरिह बालक सरह अभिभावक आमा बुवा समेत झोक्रिनु पर्दा अनि किन तनाब हुँदैन सर ? किन हुँदैन तनाब ? अनि किन बर्षको ४ र ५ जना SLC दिने निरिह बाल बालिकाकहरुले आफनो लाईफ नै सदाको लागि बर्वाद गर्दैनत सर ? सर यो लेखलाई अन्तयमा बिट मार्नु भन्दा पहिले म के भन्न चाहान्छु भने तपाई त परिक्षा नियन्त्रण कार्यालयको प्रमुखमा ३० औं नम्वरमा पर्नु हुँदो रहेछ तपाई समक्ष् पिडितको बास्तबिक गुनासोहरु कति आए होलान ? कति रद्धिको टोकरीमा गए होलान, कति कार्यालय प्रमुख समक्ष् नै नपुगि तलतलैबाट जले होलान मैले तपाईको कर्मचारीहरुको बोली, बचन र स्वभाबबाट अन्दाज गरेको हुँ ।
मेरो यो गुनासोको पत्र यदि तपाईले पाउनु भयो भने अनि गुनासोहरुको सुनुवाई गर्न चाहानु भयो भने गल्ती गर्ने ति नालायक शिक्षक अनि कम्प्यूटर अप्रेटर माथी तत्काल कारवाहि गरी सार्बजनिक गर्नुहोस । मेरो अनि छोरा सन्दिपको अमुल्य चाहाना पनि यहि हो, हामी आतुर छौं कार्वा्हि भएको हेर्न । सफल भएको बिधार्थीलाई असफल बनाउनु तपाईले पहिलो गल्ती त गर्नु भो गर्नु भो, अबका दिनहरुमा म अनि मेरो छोरा जस्तै अन्य पिडितहरुको चाहानालाई बे(वास्ता नगर्नु होला सर । अर्को कुरा सर २०७१ सालको SLC परिक्षाको नतिजा असार ४ गते प्रकाशित नगरी त्रुटिरहित ढंगबाट ९ र १० गते प्रकाशित गर्नु भएको भए तपाईको प्रतिष्ठा सदैब रहि रहने थियो होला । ईतिहासले तपाईलाई सम्झि रहने थियो होला, तपाई पछिका कार्यालय प्रमुखले तपाईको पथ पछ्याउने थिए होलान, तर तपाईको सानो लापारवाहिबाट प्रकाशित परिकक्षाफलले म र मेरा छोरा जस्ता कयौं पिडित भएका छन् । तपाईलाई लाग्ला काम गर्दा सानो तितो बचन सहनु पर्छ, झिना मसिना झन्झट ब्यहोर्नु पर्छ भन्ठान्नु होला, सफल हुँदा हुँदै पनि असफल हुनु पर्दा अनि बिना कसुरको झण्झटिलो रिटोटलिङ गर्नु पर्दा मलाई कुहिनाले पहाड फोरे सहर भएको छ । ६२ आएको अंकलाई ०२ मात्र आएको भनि परिक्षाफल प्रकाशित गर्दा तपाईका कम्प्यूटर अपरेटर अनि कपि चेक गर्ने शिक्षकबाट लापरवाहि भएको छ छैन ? सर यो लापरवाहि कहाँ र कुन कर्मचारीबाट भयो ? त्यो त मलाई थाहा छैन, मलाई यति मात्र थाहा छ र भन्छु पनि लापरवाहि परिक्षा नियन्त्रण कार्यालयको हो, तपाईको हो र तपाईले जिम्मेवारी सुम्पिएका कर्मचारीको हो, तेसैले यसको जिम्मेवारी तपाईले लिनै पर्छ, परिक्षा नियन्त्रण कार्यालयको सानो लापरवाहिले गर्दा कति पिडामा बस्नु पर्छ पिडितहरु ? कति हण्डर ठक्कर खानु पर्छ र सहनु पर्छ ? तपाईलाई थाहा छैन र होस पनि कसरी ? सर तपाईको अनि तपाई मातहतका कर्मचारीहरुबाट हुने साना तिना गल्तिले, पिडित बन्न बाध्य छन् बिधार्थी र अभिभावक, टाढा टाढाबाट तपाईको कार्यालय सामु आई झण्झट ब्यहोर्न बाध्य छन बिधार्थी र अभिभावकहरु ।
अबका दिनहरुमा यस्तै प्रकारका गल्ती दोहोरि रहने र तपाईको कर्मचारीहरुको काम गर्ने कार्यशैलीमा फरक नहुने हो भने अनि यस्तै रहिरहने हो भने पक्कै पनि परिक्षा नियन्त्रण कार्यालयको काम गर्ने शैलीमा प्रश्न चिन्हले बाटो मेसो पाउने छैन, सदैब तगारो बनेर बस्नेछ, बालबालिकाको भबिश्य तपाई र मातहतका कर्मचारीहरुको सानो हेलचेक्रयांईले जीवननै अन्धकारमय बन्न सक्छ, अस्त ब्यस्त हुन सक्छ, तसर्थ कुनै पनि परिक्षाफल प्रकाशित गर्नु भन्दा पहिले हृदय देखिनै संम्यम्ता अपनाउने कि ? अनि आफनो जिम्मेवारीलाई आत्मसाथ गरी बहन गर्ने कि सर धन्यबाद…………………………..। सफल हुँदा हुँदै पनि असफल तुल्याई दिएको परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले खोसेको पहिलो खुसी । लेखक: दुवाडी धादिङ नि.न.पा – ९ पाल्पा भञ्ज्याङ स्थानिय बासी हुनु हुन्छ ।