नमुना बन्दै धादिङको सामुहिक माछा पालन (फोटो फिचर)

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ८, २०७२

नारायण सिलवाल,
धादिङ । धादिङका सहिद तथा व्यपत्ता परिवारले सामुहिक रुपमा संचालन गरेको माछा पालन व्यवसाय जिल्ला कै नमुना बन्दै गएको छ ।
धादिङबेसी सिरानबजार गौतिखेतमा ५ रोपनी जग्गा भाडामा लिई ४ वटा पोखरी बनाई पालेको माछा जिल्लाकै नमुना बन्न लागेको हो ।
OLYMPUS DIGITAL CAMERAआफुहरुले सुरु गरेको सामुहीक मत्स्य पालन ब्यवसायलाई दीगो र बलियो आय आर्जनको माध्यम बनाउन आफुहरु अत्यन्त मेहनतका साथ लागि परेको दुई छोरा वेपत्ता भएका एवं एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो । अहिले माछा र कुखुरा पालन गर्दै आएका छौ निकट भविश्यमा सँगै बंगुर पनि पाल्ने सोचमा रहेको भण्डारीले बताउनु भयो ।
OLYMPUS DIGITAL CAMERAजिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा संचालन गरिएको यस माछा पोखरी संचालन गर्न सहिद तथा व्यपत्ता परिवार समाज धादिङले वार्षिक १ लाख २० हजारमा १० वर्षको लागि जग्गा भाडामा लिएर फर्म संचालनमा ल्याएको हो ।
OLYMPUS DIGITAL CAMERAपोखरी अवलोकन गर्न पुग्नु भएका धादिङ बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कउडालले माछा पालन आधुनिकरण गरि फर्म संचालन गरिएकोले खुसि व्यक्त गर्नु भएको थियो । माछा पालन व्यवसाय धादिङको तल्लो क्षेत्रमा राम्रो सँग गर्न सकिन भएको हुँदा कृषि विकास कार्यालय धादिङको सहयोग र साथ सधैँ रहने बताउनु भएको थियो । OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA