डिल्लीरमण गुरुको संझनामा

Avatar photo
Dhadingpost
शनिबार, साउन १६, २०७२

Dilliraman Sharma
चौतारा, बनबोट वा पिपलका, छायाँ भरी त्यै घरी
चेलाका अनिकाल्–अतृप्त मनमा, रुद्री र चण्डी भरी ।
शिक्षाको शुरुवात गर्न मनले, लागे यिनै नित्यको
शिक्षाका अनिरुद्र हुन् यी सबका, आदित्य साहित्यको ।।
खम्बा हुन् इतिहासको दरबिलो, आदित्य साहित्यको ।।

छोरा नाति र नातिनी सरहका, चेला बनाई गयौ
छोडी बैभव यो अमूल्य रचना, खेला बनाई गयौ ।
चोला मानवको छ श्रेष्ठ जगमा, बेला बनाई गयौ
भाषा संस्कृतिका अमुल्य रचना, मेला बनाई गयौ ।।
आफूमात्र सुटुक्क स्वर्णपुरमा, मेला बनाइ गयौ ।।

यौटा त्रास छ खास आज सबमा, कर्तब्यको ऐठन
चुक्ली छन् सब चाप्लुसे परजिवी, खाँचो भयौ यै क्षण ।
सिंगो भौतिक शाश्त्र यो फगतको, वेफ्वाँकमा गिद्ध भो
यत्रो लोक छ शोकमा गुरुजिको, आजन्म यै सिद्ध भो ।।
आस्था एक गले ढले मुलुकको, आदित्य साहित्यको ।।

ब्रम्हा हुन् यिन सृष्टिका सरलता, शिक्षा र साहित्यको
जिल्लाकै यिन सर्वश्रेष्ठ गुरुहुन्, आदित्य साहित्यको ।
भाषाका कुलदीप सीप सरला, सहित्यका दर्पण
तेह्रौं पून्य छ शास्त्र, अस्त तिथिमा, श्रद्धाञ्जली अर्पण ।।
तेह्रौं पून्य छ शास्त्र, अस्त तिथिमा, श्रद्धाञ्जली अर्पण ।।

गोविन्द बुढाथोकी
धादिङबेसी