होशियार ! फोनबाट रमाईलो गर्ने चाहना राख्दा फसिएला

Avatar photo
Dhadingpost
बिहिबार, असार २४, २०७२

पकंज शर्मा / झापा, २३ असार । तपाई कतै कोहीसँग फोनमा रमाईलो गर्दे हुनुहुन्छ वा कसैसँग फोनमा यौन र रोमान्सका कुरा गर्नु गर्नुहुन्छ । होशियार । यदि त्यसो हो भने तपाई फस्नपनि सक्नु हुन्छ । फोनमा रमाईलो कुरा गर्न र यौन प्रस्तावलाई स्वीकार्दा झापामा यस्तै भएको छ ।
कुनै अपरिचित युवतीले फोनमा गरेको यौन प्रस्तावमा सचेत नभएर युवतीलाई भेट्न जाँदा झापा बिर्तामोडका एक यवकले ५० हजार त गुमाउनु पर्यो नै अनेकन सास्तिपनि ब्यहोर्नु पर्यो । बिर्तामोडका ब्यापारी रवि अग्रवाललाई मोवाईलबाट सम्पर्क गरि यौन प्रस्ताव राख्ने लोभले ६० लाख वाध्यताले तिर्न सहमत हुदां झापा प्रहरीले जोगाएको छ ।
घटना अनुसार झापा बिर्तामोडका अग्रवाललाई ब्यवसायिक कामले बिर्तामोडस्थित देउराली होटल एण्ड लजमा इलाम २ की २६ बर्षिय कमला मास्केले भेट्न बोलाइन । फोनमा हुने गरेको संवादले भेट्न पुगेका ती युवकले रमाईलो गर्नेपनि सोच बनाई होटल पुगेका थिए । गफैमा रमाइलो गर्नै सहमति भए अनुसार उनीहरु कोठाभित्र पसे । तर कोठाभित्र पस्नासाथ अचानक ढोका खोलेर केही युवाहरु प्रवेश गरे र महिलालाई बलात्कार गर्न खोजेको भन्दै व्यवसायीलाई डर धम्की दिए । ती युवाहरुले बलात्कारको आरोपमा फसाइदिने भन्दै जबरजस्ती नागैं पारेर मोबाइलमा फोटो खिचे ।
इज्जत जाने डरले व्यापारीले तत्कालै नगद ५० हजार र ६० लाख पछिदिने सहमतिमा कागज गरे । कागज गरेपछि ती युवाहरुको पञ्जाबाट उम्कन पाएका उनी केही दिन गुपचुप बसे । तर बाँकी रकमकालागि युवाहरुले अग्रवाललाई पछ्याउन थालेपछि उनीले प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय,विर्तामोडलाई उजुरी गरेपछि घटनामा सलंग्न इलाम ८ का ३४ बर्षिय राज भन्ने राजीव सुवेदी र इलाम २ की २६ बर्षिय कमला मास्केलाई पक्राउ गरिएको छ । उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम लिएको आरोपमा मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक संजय राउतले बताए । घटनामा सलंग्न ३ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।