अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खला अन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ ।
नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा बलर सोमपाल कामीले अन्तिममा चौका प्रहार गरेपछि नेपाल विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १३९ रनको बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले खेल सकिन दुई बल बाँकी छँदै सात विकेटकै क्षतिमा लक्ष्य भेटाएको हो ।