आमा

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७२

गोपालप्रसाद रिमाल

आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौस
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा, तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँस
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छविस
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनिस
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने,
मेरो यौवनभरीको सपना थियो ।
जे होस्, त्यो आउँछस
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्दछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिनेछैनौस
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैं सुन्नेछैनौस
तिमी त्यल्लाई आफ्नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुनेछौस
मैले यसरी धैर्य दिनुको सट्टा तिमी संग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौस
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनु पर्नेछैन स
हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछइाउनेछौ !
उहिले त्यो जीवन–लोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बास
त्यो आउनेछ, तिमी उठ्नेछौ ।”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो ह्दयलाई कुतकुत्याइसक्यो आमा ।
‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छदैं आउँछ ।
अब म उठेँ, गएँ ।”

‘तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।’