म्यानचेष्टरलाई हराउँदै चेल्सी उपाधि नजिक

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

Angel-di-Maria-624x498
६ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बलियो टोली म्यानचेष्टर युनाइटेडलाई १–० ले हरायो ।
जितपछि चेल्सीको ३२ खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलको ६६ अंक छ भने ६५ अंकका साथ म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ ।