प्यारो छोरा अभिषेक, जन्मदिनको लाखौंलाख शुभकामना र प्यार

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

विश्वराज अधिकारी ,धादिङ
biswarajआज वैशाख ४ गतेदेखि तिमी १७ वर्ष पुरा गरेर लक्का जवान भयौं । मलाइ थाहा छ – तिमी यो पत्र पढन सक्दैनौ र पढेर सुनाएपनि वुझ्न सक्दैनौ । तिमी जस्ता मानिसहरुको लागि प्रकृतिले गरेको यो अन्यायको समाधानको उपाय हालसम्म फेला परेको छैन।
उमेर अनुसारका व्यवहार तिमीवाट हुन सकेन। तिमीले दोहोरो कुरा गर्न सकेनौं, सहकर्मिहरु जति कुरा वुझ्न सकेनौं, पढन सिक्न सकेनौं। तिमीवाट अस्वभाविक र अप्रिय क्रियाकलापहरु हुन थाले । रुपमा तिमी राम्रो थियौं, शारिरीक रुपमा तिमी सवल थियौ । तिमी घरको आँगन अगाडी आउँथ्यौं, सडकमा वस वा गाडी जे देखेपनि ढुँगाले हान्थ्यौं अनि विक्तातोड भएर घरको शिरान तलामा लुक्न पुग्थ्यौं। हामी अलमलमा पर्दथ्यौं – ढुँगा हान्नु तिमीमा चेतनको कमी भएर होला तर वेतोड संग दौडेर भाग्ने तिमीमा हान्नुहुन्न भन्ने चेतना पनि रहेछ होला । तिमी एक्लै वेअर्थका कुराहरु वोलीरहन्थ्यौं । तिमी हाँसी मजाकका पात्र हुन्थ्यौं, नवुझ्ने मुर्खहरु तिमीलाइ जिस्काउँदा आनन्द लिन्थे।
तिमी अलि ठूलो भएपछि सुधार आउँछ कि भनेर मामाघरमा छोड्यौं तर तिमीलाइ त्यो स्वीकार्य भएन, तिमीले विद्रोह गरेछौं, तिम्रो वालमनमष्तिकमा आघात परेछ । वावु आमासंग लाडप्यारमा वस्न पाउने तिम्रो अधिकार हामीले छिनेको कारण तिम्रो स्थिति झन प्रतिकुल वनेछ । करीव ३ महिनापछि हामीले तिमीलाइ घरमा ल्यायौं, साथमा राख्यौं। त्यसपछि हरेकपल्ट मामाघर जाँदा वावुआमाले छोडने भयले तिमीले हामीलाइ पछ्याइरहेपछि हामीले तिम्रा ३ महिनाका कष्टकर दिनहरु अनुभूति ग¥यौं ।
6oroतिमीलाइ के भएको हो? हामीलाइ थाहा हुन सकेन । साथीभाइहरु गुहारें केहि समाधान आएन । देवी देवताको भाकल गरि मन्दिरमा पनि गयौं । हामी तिमीलाइ कुनै रोग लागेको होला भन्ने निष्कर्षमा पुग्यौं । धेरै उपचार पछि स्पीच थेरापी गर्नुपर्ने भयो, केहि समय तिमीलाइ तिम्रो ममीले स्पीचथेरापीको लागि टिचिङ अस्पतालमा नियमित रुपमा लाने गरिन । स्पीचथेरापीले तिम्रो वोलीमा सुधार आयो । तिमी दोहोरो कुरा गर्नथाल्यौ । हामी जिल्ला सदरमुकाममा वस्छौं, धेरै दुरदराजका अभिभावकहरुले स्पीचथेरापीको महत्व वुझेका छैनन, काठमाण्डौं जान पहूँच छैन। सदरमुकामको जिल्ला अस्पतालमा सम्म पनि स्पीचथेरापी छैन। जिविस र नगरपालिकाको अथाह वजेट सर्वदलिय भागवण्डामा जान्छ, तिमीजस्ताको लागि उपभोगी हुने अत्यावश्यक कुरा उनीहरुको प्राथमिकतामा छैन । तिम्रो अरु कुरामा पनि सुधार हुन्छ कि भनि हामी भौतारियौं, धेरै चाहारेपछि अन्तमा सानैदेखि नाम सुनेका डा.विश्ववन्धु शर्मा कहाँ पुग्यौं । उहाँवाट यस्तो मान्छेको नेपाल र भारतमा उपचार हुन नसक्ने कुरा थाहा भएपछि हामीले उपचारको अध्याय समाप्त पा¥यौं । उहाँले केहि कम गर्नेभए लानुस भनेर औषधी दिनुभयो । त्यो औषधी खुवाउँदा शारिरीक रुपमा तिमी कमजोर भएको महशुश भएपछि हामीले त्यो औषधी वन्द ग¥यौं । पेशाले म अधिवक्ता भएपनि तिमीलाइ रोग लागेको होइन औषधी उपचार गरेर समाधान हुँदैन भन्ने वुझ्न मलाइ करीव १० वर्ष लाग्यो। दुरदराजमा हुने तथा शिक्षाको मौकावाट वंचित हाम्रा अभिभावकहरुलाइ यो कुरा वुझ्न कति समय लाग्ला अनुमान गर ।
वौद्धिक अपाँगता भएका वालवालिकालाइ सिक्न कठिनाइ हुने र स्मरण शक्ति कम हुने कारणले तिमीले अरु सरह पढन सकेनौं । कक्षा २ को रिजल्टमा तिमी फेल भयौं, तर कक्षा ३ मा पढन तिमीले अड्डी कस्यौं । तर अहिलेको शिक्षा पद्दतिमा पढन नसक्ने अपाँगता भएका विद्यार्थीलाइ कसरी प्रोत्साहन दिने भन्ने सोचको अभाव तथा विद्यार्थिको मनोभावना आत्मसात गर्न नसक्ने प्रिन्सीपलवाट तिम्रो समस्याको सम्वोधन हुन सकेन। मैले तिमीलाइ सरकारी विद्यालयको कक्षा ३ मा लगेर भर्ना गरें । हालको शिक्षा पद्दतिले तिमीजस्ताको समस्या सम्वोधन गर्न सकेको छैन, तिमीजस्ताको क्षमता विश्लेषण गरेर उपयोगी व्यवहारिक शिक्षा दिने गरिएको छैन। शिक्षा सवैको लागि भनेर नारा लाए पनि तिमीजस्तालाइ कसरी प्रभावकारी शिक्षा दिन सकिन्छ भनेर राज्यले सोचेको छैन। तिमी जस्तालाइ फेल वनाउन मात्र उसले जानेको छ । हामीलाइ थाहा छ तिमीलाइ विद्यालयमा सहपाठिहरुले जिस्काउँछन, खिसिट्यूरी गर्छन । करीव १००० जना विद्यार्थिको माझमा तिमी छौं । शिक्षकलाइ धेरै विद्यार्थीहरुको माझमा एकाध हुने तिमी जस्ताको समस्या संग चासो राख्ने फुर्सद हुँदैन । हालको विद्यालय शिक्षा तिम्रो हकमा उपयोगी नभएपनि तिम्रो समाजिकीकरणमा यस्ले सहयोग पु¥याएको छ । तिमीलाइ धेरैले चिन्ने वुझने र तिम्रो भावनालाइ आत्मसात गर्ने मौका पाएका छन । तिमीलाइ साथी वनाउने मौका मिलेको छ । मेरो वुझाइमा उनीहरुले विस्तारै विस्तारै तिमीलाइ जिस्काउन छोडेका छन । तिमीजस्तलाइ सकारात्मक व्यवहार गर्नुपर्छ भन्ने शिक्षा धेरथोर पाएका छन ।
मैले सुरुमा वुझेको अपाँगता भनेको शारिरीक रुपमा कुनै अँग नहुनु वा भएपनि अरु सामान्य मानिस सरहको नहुनु थियो। हाल पनि समान्य मान्छेको कुरै छोडौं, अधिकाँश निती निर्माण तहमा रहेका अधिकारीहरुले समेत वुझेको अपाँगता यहि हो । अहिले पनि तिमीलाइ झट्ट हेर्नेले अपाङ्गता भएको भनेर विश्वास गर्दैन । मलाइ पनि कौतुहल थियो– शारिरीक रुपमा सक्षम पनि छौं, सुन्दर पनि छौं त्यसैले अपाँगता भनिदैन होला तर के भनिन्छ होला । तर पछि वुझ्दा वौद्धिक विकास नभएको कारणले उमेर र वातावरण सापेक्ष काम गर्न कठिनाइ हुने व्यक्तिलाइ वौद्धिक अपाँगता भनिने रहेछ। यसलाइ अपाँगताका प्रकार मध्ये वौद्धिक अपाङ्गता वा सुस्तमनस्थिति भनिने रहेछ । तिम्रै कारणले म पनि अपाँगता अभियानमा जोडिएँ किनभने वौद्धिक अपाँगता भएका व्यत्तिहरुको सहभागिता, सुविधा र प्रतिनिधित्वको अधिकार अभिभावकको हुन्छ भन्ने कानूनी व्यवस्था छ । अरु शारिरीक अपाँगता भएका, नेत्रहीन र श्रवण शक्ति नहुनेहरु आफ्नो कुरा राख्न सक्षम हुने तर वौद्धिक अपाँगता भएका व्यक्तिहरु नहुने कारणले अभिभावकलाइ त्यो अधिकार हुने मान्यता रहेछ । हामीले २०६७ सालमा वौद्धिक अपाँगता अभिभावक संघ धादिङ नामक समाजिक संस्था गठन ग¥यौं, हाम्रो संस्था समेत देशभरका संस्थाहरुको सहभागितामा राष्ट्रियस्तरमा वौद्धिक अपाँगताका अभिभावक महासंघको गठन भएको छ ।
समान उमेरका साथीसंग तिम्रो चेतनाको स्तर नमिल्ने कारणले खेल्ने र कुरा गर्ने साथी पाउन पनि तिमीलाइ कठिनाइ हुन्छ । भाइ वहिनीका उमेरका वच्चादेखि गाउँले छरछिमेकीले जिस्काउँछन, अपमानजनक शव्द वोल्छन, तिमीलाइ पीडा हुन्छ । कतिपय विद्यालयले त तिमीजस्ता विद्यार्थी भर्ना नै लिंदैनन, पढन नजान्ने भनेर अपमानित पनि गर्छन । घर परिवार अर्थात आफ्नै वावुआमावाट पनि तिमीहरु जस्तालाइ हेंला गरिन्छ । पढन सकेन, कमाइ गर्न सकेन भनेर शारिरीक हिंसा र गाली पनि गरिन्छ । कतिपयले खोर वनाएर थुन्ने, साङलाले वाध्ने गरेको पनि समाचार पनि पढेको हो। यस्ता प्रकृतिका व्यक्तिलाइ माया ममता गर्नुपर्छ, उनीहरुको समस्यालाइ गम्भीरतापूर्वक अभिभावकले ध्यान दिनुपर्छ र उनीहरुको भावनाको सम्मान गर्नुपर्छ भने वुझाइ सवैमा आउन सकेको छैन । हामीले धादिङमा २०६८ साल देखि दिवा सेवा केन्द्र हुँदै वौद्धिक अपाँगता श्रोत कक्षा सूरु ग¥यौं, त्यस मामिलामा जि.शि.अ.दिपेन्द्र सुवेदीको अमुल्य सहयोग रह््यो । सुरुमा तिमीलाइ मैले श्रोत कक्षामा पढन पठाउन खोजेँ, तर तिमीले त्यहाँ आफुभन्दा पनि कमजोर अवस्थाका अपाँगता भएका व्यक्तिहरु देख्यौं, म उनीहरुभन्दा फरक छु भन्ने ठान्यौं र सामान्य विद्यालयमा नै पढने चाहना राख्यौ । मैले तिमीलाइ त्यहाँ पढन वाध्य गर्न चाहिन । तिमीजस्ता अपाङ्गताको नाममा राज्यवाट हुने वजेट विनियोजन केहि टाठावाठाको ठगी खाने भाँडो मात्र वनेको छ, अपाँगताको आवरणका केहि मान्छेको पेशा चलेको छ, अपाँगता भएका व्यक्तिहरुका समग्र हितमा राज्यको वजेट सदुपयोग हुन सकेको छैन ।
वावु अभिषेक, यो समाजमा तिमीलाइ जीवन जीउन कठिन हुन्छ भन्ने हामीलाइ थाहा छ । तिमीमा कुनै स्वार्थ छैन, छलकपट छैन । तिमीहरु इश्वरका निर्दोष सन्तान हौ अझ भन्दा तिमी साँच्चै नै जिउँदो देवता हौ भन्ने मलाइ लाग्छ । म तिमीदेखि खुशी छु, रहीरहने छु किनकि हामीलाइ नजिकवाट माया गर्ने र सेवा गर्ने सन्तान तिमी नै हुनेछौं । घरमा तिम्रो दिदी र भाइहरु भन्दा तिमी आज्ञाकारी छौ, सकेको र जानेको हरेक काम गर्न तिमी तयार छौ। तिमीलाइ सक्ने काम दिए त्यस्मा सहजै लाग्ने गर्ने तिम्रो स्वभाव छ । तिमी हाम्रो लागि जसरी सेवा गर्न तयार छौ, त्यसरी सेवा गर्ने मान्छे तिम्रो लागि हुँदैनन कि भन्ने चिन्ता मलाइ छ। मुख्य समस्या के हो भने– परिवार र समाजले तिमीहरु जस्ताको क्षमता पहिचान गर्नुको सट्टा समान्य मानिस सरहको व्यवहारको मात्र अपेक्षा गरेको छ ।
खुशीको कुरा तिमीलाइ सानोमा देख्नेहरु सवैले तिमीमा आमुल परिवर्तन आएको महशुश गरेका छन, त्यस्तो मान्छे कसरी यस्तो राम्रो भयो भनेका छन, तपाँइको छोरा धेरै सुध्रियो भनेका छन। वास्तवमा मैले पनि त्यही महशुस गरेको छु । उमेर संगै तिमीमा अकल्पनिय परिवर्तन आएको छ । हुन त हामीले तिम्रो लागि केहि दुख गरेको छैन तर पनि परिवारको स्नेह र सोही अनुसारको वातावरण पायो भने वौद्धिक अपाँगता भएका व्यक्तिहरुको व्यवहारमा सुधार ल्याउन सकिन्छ भन्ने आभाष तिमीवाट पाएका छौं। मलाइ आशा छ तिम्रो हरेक जन्मदिनमा हामीले सकारात्मक संकेतहरु महुशुस गर्न पाइरहनेछौं ।
तिमीले भनेका छौ– भालेकट कपाल काटन तथा कपालको अगाडीको फुर्कोमा रातो रंग लगाउन मन लागेको छ। तिमी युवावस्थामा प्रवेश गर्दैछौं । हामीलाइ तिम्रो यौनचाहना र दाम्पत्य जीवनको चिन्ता सुरु भएको छ । हुनत कसैले विवाह गर्ने भनि सोध्दा वावासंग मम चाउमिन खान जान पाउँदैन, नगर्ने भनेर तिमीले जवाफ दिएको भन्ने पनि सुनेको छु। धेरै अपाँगता भएका व्यक्तिहरुलाइ अभिभावकले विवाह नगरिदिने र विवाह गर्न आवश्यक नठान्ने गर्छन। वौद्धिक अपाँगता भएका व्यक्तिहरुले वैवाहिक जीवन व्यतित गर्न नपाइ कुण्ठित हुनुपरेको छ। कतिपयको अभिभावकले विवाह गरिदिएपनि घरजम हुन सकेको छैन। आफ्नो निर्वाह गर्न नसक्नेले परिवारको वोझ कसरी उठाउन सक्ला ? भन्ने प्रश्न पनि उठने गरेको छ तर हामीलाइ थाहा छ – विवाह गर्ने र परिवार वसाउने तिम्रो मानव अधिकारको हामीले सम्मान गर्नुपर्छ ।
आम मान्छेको सोचाइ विपरित म खुशी छु। मलाइ तिमी वोझ महशुस भएको छैन किनकि तिमी निरन्तर मेरो सेवामा हाजीर छौ । तिम्रै कारणले राज्यले पर्याप्त ध्यान दिन नसकेको अपाँगताको क्षेत्रमा काम गर्ने मौका पाएँ। जिल्लाका वौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हितमा सेवा गर्ने मौका पाएँ। देशभरका अभिभावकहरुसंग चिनजान गर्ने मौका पाएँ । आफ्ना ज्ञानसीप, पिडा र खुशीहरु वाँडने मौका पाएँ। एउटा फरक समाजिक अभियानमा आफुलाइ समर्पण गर्न पाएँ । तिमीलाइ जन्मदिनको लाखौंलाख शुभकामना