उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २१, २०७१

rakhepa11-300x253काठमाडौं । वर्षभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न १९ खेलमा १९ खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नगदसहित सम्मान गरेको छ ।
शुक्रबार विशेष कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलाडीको सम्मान गरेको संघले जनाएको छ ।
संघले आठ वर्षदेखि खेलाडीलाई अवार्ड र प्रमाणपत्रले मात्र सम्मान गर्दै आएकोमा यो वर्षदेखि हरेक खेलाडीका लागि १० हजार रुपैंया नगद पनि थपेको छ ।
गत सालमा राम्रो पर्दशन गरेका फुटबल, भारत्तोलन, कराते, तेक्वान्दो, आर्चरी, टेवलटेनिस, लनटेनिस, एथलेटिक्स, हकी, साइक्लिङ्, ह्यान्डबल, कबड्डी, जुडो, व्याडमिन्टन, भलिबल, जिम्न्यास्टिक, बुद्धिचाल, सुटिङ र बक्सिङमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई सम्मान गरिएको हो ।