विश्वकप बुद्धिचाल छनौट चरणको खेल आजदेखि नगरकोटमा

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १३, २०७१

chessकाठमाडौ चैत्र १३ गते । विश्वकप बुद्धिचाल प्रतियोगिताका लागि छनौट चरणको खेल आजदेखि सुरु हुदैछ । विश्व बुद्धिचाल महासंघ अन्तरग एसिएन जोनल ३.२ को छनोट चरणको खेल आजदेखि नगरकोटमा सुरु हुन लागेको छ । चैत्र १९ गते बिहिबारसम्म चल्ने छनोट चरणको खेलमा नेपाल सहित, पाकिस्तान, बङगलादेश, माल्दिभ्स र श्रीलङका खेलाडहरु सहभागी छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको खेलमा महिलातर्फ १६ जना र पुरुषतर्फ २९ जना गरि कुल ४५ जनाको सहभागी छ । प्रतियोगितामा नेपालका तर्फबाट ६ जना महिला र १५ जना पुरुष खेलाडी सहभागी हुने नेपाल बुद्धिचाल संघका सचिव हेराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।