महिला राष्ट्रिय तेक्वान्दो शनिबारदेखि

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १९, २०७१

tacomonduकाठमाडौं । नेपाल तेक्वान्दो संघ अन्तर्गतको महिला सशक्तीकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता आगामी शनिबार देखि हुने भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र विश्वविद्यालय गरी ९ टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष एवं प्रतियोगिता संयोजक नन्दा बस्यालले बताउनुभयो । ९० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यसअघि प्रतियोगिता माघ २३ गतेदेखि हुने भनिएकोमा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो ।