तामाका भाँडा सफा गर्ने तरीका

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

tama_ko_bhada_1424419385काठमाडौं । भान्सामा तामाको सामानको प्रयोग केही कम भए पनि आजभोलि यसको प्रयोग पुनः बढ्न थालेको छ । तामाका भाँडामा खाँदा विभिन्न रोग लाग्दैनन् भन्ने पनि गरिन्छ । यद्यपि, सरसफाइका दृष्टिले तामाका भाँडा सफा गर्न केही झन्झटिलो हुन्छ । तामाका भाँडामा छिट्टै दाग बस्ने र दाग नहट्ने समस्या हुने गर्छ । बजारमा यस्ता दाग हटाउन विभिन्न केमिकल पाइए पनि घरेलु तरीकाबाट पनि दाग हटाउन सकिन्छ ।
यस्ता छन् घरमै तामाका भाँडा सफा गर्ने केही उपाय
१। भिनेगार र नून स् तामाका भाँडा चम्किलो पार्नका लागि भिनेगार र नून घोलेर माझ्न सकिन्छ । यसले भाँडा चम्किलो बनाउँछ ।
२। कागती स् तामाको भाँडा माझ्नका लागि कागतीवा अन्य अमिलो रस प्रयोग गर्न सकिन्छ । यसले भाँडामा लागेको दाग राम्रोसँग हटाउँछ ।
३। भिनेगार र पिठो स् भिनेगार र पिठोलाई एक कप अथवा एक कचौरा पानीमा घोलेर नून राख्ने र लेदो तयार पार्ने । त्यो लेदोले भाँडा माझेर तातोपानीले पखाल्दा तामाको भाँडा चम्किलो हुन्छ ।
४। कागती र नून स् कागती र नूनले पनि तामाको भाँडा चम्किलो हुन्छ ।
५। बेकिङ सोडा स् दाग बसेका तामाका भाँडाहरूलाई बेकिङ सोडाले राम्रोसँग माझ्दासमेत भाँडा चम्किलो पार्न सकिन्छ ।
६। कडमा डुवाउने स् घरेलु मदिरा बनाउँदा उत्पादन हुने कड प्रयोग गर्ने ।
सभारः अभियान दैनिक